केन्द्रीय संस्करण

विश्व

पाकिस्तानमा ४.८ म्याग्नीच्यूडको भूकम्प access_timeकात्तिक १०, २०७७

पाकिस्तानमा सोमबार बिहानै ४.८ म्याग्नीच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  केन्द्रका अनुसार भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा गएको थियो ।  भूकम्पबाट कुनै जनधनको क्षति भएको खबर प्राप्त भइसकेको छैन । 

बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या चार लाख नजिक access_timeकात्तिक १०, २०७७

बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या करिब चार लाखको हाराहारीमा पुगेको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ । बङ्गलादेशमा आइतबारसम्म  तीन लाख ९८ हजार ८१५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने पाँच हजार ८०३ सङ्क्रमितको मृत्यु भएको छ ।  बङ्गलादेशमा सक्र...

अमेरिकी विदेश मन्त्री पोम्पेओ भारत भ्रमणमा access_timeकात्तिक १०, २०७७

अमेरिकाका विदेश मन्त्री माइक पोम्पेओ आफ्नी श्रीमती सुसनका साथ सोमबार भारत आएका छन् ।  भारत–अमेरिका मन्त्रीस्तरीय बैठकका लागि पोम्पेओ भारतको केन्द्रीय राजधानी नयाँदिल्ली आएका हुन् । बैठकमा खासगरी विस्तृत विश्वव्यापी रणनीतिक साझेदारी तथा भारत–प्रशान्त क्...

एक लक्षणरहित संक्रमित भेट्दा चीनमा ४७ लाखको परीक्षण गरिँदै access_timeकात्तिक १०, २०७७

सिनजियाङ प्रान्तमा स्थानीय स्तरमा कोरोना संक्रमित फेला परेपछि चीनमा पुनः ब्यापक परीक्षण सुरु गरिएको छ । कसगरका करिब ४७ लाख जनसंख्याको परीक्षण भइरहेको छ । हालसम्म १३८ जना लक्षणरहित संक्रमित फेला परिसकेका छन् । चीनले कोरोनाभाइरसको संक्रमणलाई सफलतापूर्वक नियन्त्रण गर्न ...

कोरोनाविरुद्धको खोपबारे फैसला डिसेम्बरसम्ममा : फाउची access_timeकात्तिक १०, २०७७

अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले कोभिड–१९ विरुद्धको सम्भावित खोप सुरक्षित र प्रभावकारी छ या छैन भन्ने डिसेम्बर महिनासम्ममा थाहा हुने बताएका छन् । तर, व्यापकरुपमा खोप पाउनका लागि सन् २०२१ सम्म पर्खनुपर्ने उनको भनाइ छ । ‘नोभेम्बर...

कोरोनाको फैलावट रोक्न स्पेनले लगायो देशव्यापी कर्फ्यू access_timeकात्तिक १०, २०७७

कोरोना भाइरसका संक्रमण फेरि महामारीका रुपमा फैलिएपछि स्पेनले देशव्यापी संकटकाल घोषणा गरेको छ । त्यस्तै रोकथामको प्रयासस्वरुप रातको समयमा कर्फ्यूु घोषणा गरिएको छ । प्रधानमन्त्री पेड्रो सान्चेजले आइतबार राति ११ बजेदेखि बिहान ६ बजेसम्म देशभर कर्फ्यू लागुु हुने बताए । त्...

पाकिस्तानको पहिलो मेट्रो ट्रेन सेवाद्वारा लाहोरमा व्यवसायिक सेवा सुरु access_timeकात्तिक ९, २०७७

पाकिस्तानको पहिलो मेट्रो रेल सेवा, ओरेन्ज लाइनले आइतवार पञ्जाब प्रान्तको ऐतिहासिक शहर लाहोरबाट आईतबारदेखि व्यवसायिक सेवा सञ्चालन सुरु गरेको छ ।   चीन–पाकिस्तान आर्थिक मार्ग (सीपीईसी) अन्तर्गत प्रारम्भिक परियोजनाको रूपमा, ओरेन्ज लाइनलाई चिनियाँ राज्य रेल स...

म्याक्रोँविरोधि एर्दोगानको प्रतिक्रियाको विरोध access_timeकात्तिक ९, २०७७

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले उनका फ्रान्सेली समकक्षी इम्यानुयल म्याक्रोँप्रति लक्षित गरी दिएको प्रतिक्रिया इयूलाई ‘अस्वीकार्य’ हुने यूरोपेली संघका वरिष्ठ कुटनीतिज्ञ जोसेफ बोरेलले आइतबार बताएका छन् । बोरेलले भने, “टर्कीका राष्ट्रपति एर्दोगानले...

अल कायदाका वरिष्ठ नेता अफगानिस्तानमा मारिए access_timeकात्तिक ९, २०७७

अतिवादी इस्लामिक संगठन अलकायदाका वरिष्ठ नेता अबु मुहसिन अल मास्री अफगानी सेनाको कारबाहीमा मारिएका छन् । अफगानिस्तानको राष्ट्रिय सुरक्षा निर्देशनालयले शनिबार ट्वीटमार्फत यसको जानकारी दिएको हो ।  मास्री अमेरिकी गुप्तचर निकाय एफबीआईको मस्ट वान्डेट सुचीमा थिए । अमे...

विश्वमा कोभिड १९ सङक्रमितको संख्या चार करोड २९ लाख नाघ्यो access_timeकात्तिक ९, २०७७

 विश्वमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या चार करोड २९ लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ । उक्त विश्वविद्यालयका अनुसार विश्वभरी चार करोड २९ लाख ४६ हजार ४४६  जना कोभिड १९ सङ्क्रमित भएका छन् । यस सङ्क्रमणको कारण...

काबुलको आत्मघाती बम हमला : मर्नेको संख्या ३० जना पुग्यो access_timeकात्तिक ९, २०७७

अफगानिस्तानको राजधानी काबुलनजिकैको एक शैक्षिक संस्थालाई लक्ष्य गरेर गरिएको आत्मघाती बम हमलामा परी कम्तीमा पनि ३० जनाको ज्यान गएको बताइएको छ । अफगानिस्तानको एक निजी शैक्षिक संस्थाको भवनलाई लक्षित गरेर भएको सो आत्मघाती आक्रमणमा मृत्यु हुनेको संख्या ३० पुगेको अधिकारीह...

क्यामरुनमा स्कुलमा छिरेर बन्दूकधारीले चलाए गोली, ८ बालबालिकाको मृत्यु access_timeकात्तिक ९, २०७७

अफ्रिकी देश क्यामरुनको एक स्कुलमा बन्दूकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा आठ बालबालिकाको मृत्यु भएको छ । कुम्बास्थित मदर फ्रान्सिस्का इन्टरनेशनल बायोलिंगुअल एकेडेमीमा गोली चल्दा बालबालिकाहरुको ९ देखि १२ वर्षसम्मका ८ बालबालिकाको मृत्यु भएको  प्रहरीले जनाएको छ...

अफगानिस्तानमा शैक्षिक संस्थाबाहिर हमला, १८ को मृत्यु access_timeकात्तिक ९, २०७७

अफगानिस्तानमा एक शैक्षिक संस्थाबाहिर भएको आत्मघाती हमलामा कम्तिमा १८ जना मारिएका छन्  । यो बिस्फोट उच्च शिक्षा सम्बन्धी थुप्रै कोर्सहरु पढाउने एक निजी संस्थाबाहिर भएको हो । शिया मुसलमान बाहुल्य इलाका दस्त–ए–बार्चीस्थित यस भवनमा आम रुपमा धेरै मानिसह...

इतिहासमा आज – बग्दादमा बिस्फोट, १ सय ५५ को मृत्यु access_timeकात्तिक ९, २०७७

आज २५ अक्टुुबर । इराकको बग्दादमा दुुईवटा गाडीमा फिट गरिएको बम बिस्फोट हुँदा कम्तिमा १ सय ५५ जनाको मृत्यु भयो भने ७ सय २१ जना घाइते भए । एउटा मिनिभ्यान र अर्को २६ सिटे बसमा बिस्फोट भएको थियो ।  कानून मन्त्रालय र बग्दाद प्रान्तीय काउन्सिल भवनलाई निशाना बनाएर स्था...

भारतको गुप्तचर संस्थाको रिपोर्ट - नेपालको सात जिल्लामा चीनले सीमा मिच्यो access_timeकात्तिक ९, २०७७

भारतको गुप्तचर संस्थाले केन्द्र सरकारलाई चीनसँग सीमा जोडिएका नेपालका सात जिल्लामा सीमा अतिक्रमण भएको रिपोर्ट प्रस्तुत गरेको छ । भारतीय मिडियामा प्रकाशित समाचारमा गुप्तचर संस्थाले चीनले नेपालतर्फ १५ सय मिटरसम्म अन्तर्राष्ट्रिय सीमालाई बढाएको दाबी गरेका छन् । नेपालको ...

इटलीको नेपल्समा लकडाउनको विरोधमा प्रदर्शन, प्रहरीमाथि आक्रमण access_timeकात्तिक ९, २०७७

इटलीको तेस्रो ठूलो शहर नेपल्समा लकडाउनको अवज्ञा गर्दै ठूलो विरोध प्रदर्शन भएको छ । कोरोना संक्रमितको संख्या दैनिक रुपमा फेरि बढ्न थालेपछि गर्भनर भिन्सेन्जो डि लुकाले यहाँ ४० दिने लकडाउन घोषणा गरेका थिए । तर, आक्रोशित बनेकाहरुले स्वतन्त्रताको नारा लगाउँदै आन्दोलन थाले ।...

अमेरिकाले भन्यो– चीनको आक्रामक व्यवहारका कारण भारतसँग मिल्नु महत्त्वपूर्ण access_timeकात्तिक ८, २०७७

अमेरिकी सरकारका एक अधिकारीले हिमालयदेखि दक्षिण चीन सागरसम्म इन्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो आक्रामक व्यवहार नियाल्दै भारतजस्ता सहयोगीसँग मिलेर काम गर्नु महत्त्वपूर्ण रहेको बताएका छन् । क्वाडको विस्तार गर्ने योजना तत्कालै नरहेको पनि यी अधिकारीले बताएका छन् ।&nbs...

सरिफलाई पाकिस्तान फिर्ता गर्न बेलायती प्रधानमन्त्रीसँग वार्ता गरिने access_timeकात्तिक ८, २०७७

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानको राजनीतिक दल पाकिस्तान मुस्लिम लिग– नवाजका नेता नवाज सरिफलाई स्वदेश फिर्ता गर्ने बारेमा बेलायतका प्रधानमन्त्रीसँग वार्ता गरिने बताएका छन् । उनले पाकिस्तानको एक सञ्चारमाध्यमलाई शुक्रबार दिएको अन्तर्वार्ताका क्रममा सो कु...

अमेरिकामा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित access_timeकात्तिक ८, २०७७

अमेरिकामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । लकडाउन खुकुलो हुदै गएको, चुनावी गतिविधिहरु बढेको, भिडभाड धेरै हुन थालेको लगायतका कारणले सङ्क्रमितहरुको संख्यामा बृद्धि भएको अधिकारीहरुले जनाएका छन् । केही अस्पतालहरुमा सङ्क्रमितहर...

मुम्बईमा हाइफ्रोफाइल सेक्स र्‍याकेट : पाँच तारे होटलबाट टेलिभिजनकी दुई अभिनेत्री पक्राउ access_timeकात्तिक ८, २०७७

मुम्बईको एक पाँच तारे होटलमा हाइप्रोफाइल सेक्स र्‍याकेटको भन्डाफोर भएको छ । रिपोर्टका अनुसार मुम्बई प्रहरीले छापामारेर तीन महिलालाई हिरासतमा लिएको छ । यसमध्ये बलिउडकी अन्तर्राष्ट्रिय ब्याले डान्सर र बाँकी दुई टिभीकी अभिनेत्री भएको दाबी गरिएको छ । न्यूज १८ को समा...

भारतमा लगातार दोस्रो दिन नयाँ संक्रमितको संख्यामा कमी access_timeकात्तिक ८, २०७७

भारतमा लगातार दोस्रो दिन नयाँ सक्रमितको संख्यामा कमी आएको छ । पछिल्लो दिन भारतमा ५३ हजार ९३५ जना नयाँ संक्रमित फेला परेका छन् । २१ अक्टुबरमा ५६ हजार २६४ जना संक्रमित थपिएका थिए भने २२ अक्टुबरमा ५४ हजार ३६७ संक्रमित फेला परेका थिए । देशमा सक्रिय संक्रमितको संख्या...

रिपब्लिक टिभीका चार पत्रकारबिरुद्ध एफआईआर access_timeकात्तिक ८, २०७७

रिपब्लिक टिभी न्यूज च्यानलका चार पत्रकारविरुद्ध एफआईआर दर्ता गरिएको छ । मुम्बई प्रहरीले कथितरुपमा प्रहरीको बदनाम गरेको मामिलामा च्यानलका चार पत्रकारविरुद्ध एफआईआर दर्ता गरिएको हो । यस मामिलामा प्रतिक्रिया दिँदै रिपब्लिक टिभीले यसलाई ‘मिडियाको अधिकारमाथ...

पाकिस्तानका पूर्व प्रधानमन्त्री सरिफ विरुद्ध फेरि अर्को मुद्दा access_timeकात्तिक ७, २०७७

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफका विरुद्धमा फेरि अर्को मुद्दा दर्ता गरिने भएको छ ।  भ्रष्टाचार विरुद्धको अनुसन्धान गर्ने सरकारी निकायले उहाँका विरुद्धमा भ्रष्टाचार सम्बन्धी फेरि अर्को मुद्दा दर्ता गर्ने तयारी गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।   ...

फ्रान्समा एकैदिन ४१ हजारभन्दा बढी कोरोना संक्रमित access_timeकात्तिक ७, २०७७

 फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका बताइएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टा यता मात्र कम्तीमा पनि ४१ हजार ६२२ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । यो संख्या सँगै यहाँ उक्त कोभिड १९ क...

रुसले निर्माण गरेको कोभिड १९ विरुद्धको खोपको परीक्षण भारतमा पनि गरिने access_timeकात्तिक ७, २०७७

 रुसले निर्माण गरिरहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा पनि गरिने भएको भारतीय अधिकारीहरुले जनाएका छन् । यस विषयमा भारतको औषधिसम्बन्धी केन्द्रीय निकाय सेन्ट्रल ड्रग्स् स्टान्डर्ड कन्ट्रोल अर्गनाइजेसन्स्ले अनुमति दिएको भारतीय सञ्चारमाध्यम...

Page 1 of 430