केन्द्रीय संस्करण

समाचार

मनोज गजुरेलमा कोरोनाभाइरस संक्रमण पुष्टि access_timeकात्तिक १०, २०७७

हास्य कलाकार मनोज गजुरेलमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनले सोमबार सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै आफ्नो अवस्था सामान्य रहेको बताएका छन् ।  उनले सामाजिक सञ्जालमामार्फत भनेका छन्– भर्खरै प्राप्त रिपोर्ट अनुसार, मेरो शर...

खड्ग जात्रा सम्पन्न, कुमारी यात्रा रोकियो access_timeकात्तिक १०, २०७७

हरेक वर्ष विजयादशमीको मध्यराति तलेजुबाट सुरु भई नगरका विभिन्न क्षेत्रमा मनाइने सेतो घोडासहितको खड्ग जात्रा आज दिउँसै सम्पन्न भएको छ ।  कोरोना भाइरसका कारण मध्यराति गरिने यो जात्रा आज भने अपरान्ह चार बजे सम्पन्न गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले ज...

धरानमा थप एक सङ्क्रमितको मृत्यु access_timeकात्तिक १०, २०७७

यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।  इटहरी–४ का ७९ वर्षीय पुरुषको प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा आइतबार राति मृत्यु भएको हो ।   प्रतिष्ठानका सहप्राध्यापक डा आशिष श्रेष्ठका अनुसा...

बाँदरलाई हानेको गोली लागेर एकको मृत्यु access_timeकात्तिक १०, २०७७

प्युठानमा बाँदर धपाउन खोज्दा हानेको बन्दुकको गोली लाग्दा आज एक वृद्धको मृत्यु भएको छ । घटनामा नौवहिनी गाउँपालिका ५, डामकोट बस्ने ७१ वर्षीय वृद्ध दलबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँका  ३४ वर्षीय हेमलाल सुनारले आज बिहान बारीमा बाँदर ...

आगलागीबाट जले पाँच घर access_timeकात्तिक १०, २०७७

विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । स्थानीयवासी नेत्रबहादुर चदाराको घरबाट शुरु भएको आगोले छिमेकी दत्ते चदारा, सर्के चदारा, दलजीत चदारा  र पर्से परियारको घर पूर्णरुपमा जलेको छ ।  घ...

संक्रमितलाई सङ्क्रमितबाटै टीका access_timeकात्तिक १०, २०७७

दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा रहेका संक्रमितलाई विजयादशमीको टीका र जमरा लगाइएको छ । अस्पतालका व्यवस्थापक द्रोण वलीसहितका स्वास्थ्यकर्मीले अस्पतालमै उनीहरुलाई टीका लगाइदिएका हुन् । संक्रमितले यस वर्ष दशैँ मनाउन नपाएकाले अस्पतालमै भए पनि टीका लगाइदिएको व्...

कोरोना कहरमा टीका : कसैले लगाएनन्, कसैले सङ्क्रमणमुक्त हुनेबित्तिकै लगाए access_timeकात्तिक १०, २०७७

दशैँमा टीका लगाउने रहर सबैलाई हुन्छ । तर यसपटक कोभिड–१९ को कहरले गर्दा टीका लगाउने कार्य सावधानीपूर्वक गरिएको पाइएको छ । मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले आफ्नो परिवारमा यसपाली कोरोना महामारीकै कारण टीका नलगाइएको बताइन् ।  उपप्रमुख उप्रेतीका...

तनहुँका ५० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु access_timeकात्तिक १०, २०७७

तनहुँको शुक्लागण्डकी नगरपालिका निवासी एक पुरुषको आज बिहान कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माल...

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम access_timeकात्तिक १०, २०७७

–पूर्णप्रसाद मिश्र दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन हिँड्नेको चहलपहल विगत वर्षमा जस्तो देखिएको छैन । यो वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण विगत वर्षभन्दा कम चहलपहल द...

इलाममा पोखरीमा डुबेर एकको मृत्यु access_timeकात्तिक १०, २०७७

इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई नगरपालिका–३ सुर्केका ७९ वर्षीय खम्बसिंह खत्री रहेको छ । गए राति घरबाट निस्किएका खत्री आज बिहान पोखरीमा डुबेको अवस्थामा मृत फेला परेको वडाध्यक्ष दावा तामाङले जानकारी द...

त्रिपुराकोटमा दसैँको जमरा टीका लगाउने आफ्नै साइत access_timeकात्तिक १०, २०७७

डोल्पाको त्रिपुराकोटमा दसैँको टीका जमरा आफ्नै साइतमा लगाउने गरिन्छ । नेपालभर ज्योतिषको साइतअनुसार टीका जमरा लगाउने गरे पनि डोल्पाको त्रिपुराकोटमा भने परापूर्वकालदेखि नै आफ्नै साइतअनुसार दसैँको टीका लगाउने प्रचलन छ । नेपालमै प्रसिद्ध शक्तिपीठका रुपमा रहेको त्रिपुर...

चिनियाँ राजदूतको स्वरमा सुन्नुहोस् ‘रेशम फिरिरि’ access_timeकात्तिक १०, २०७७

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली गीत गाउँदै दसैँको शुभकामना सन्देश दिएकी छिन् । राजदूत यान्छीले चर्चित नेपाली गीत ‘रेशम फिरिरि’ गाएकी हुन् । सामाजिक सञ्जालमा गीत गाएको भिडियो पोष्ट गर्दै उनले लेखेकी छिन्, ‘ मेरा सहकर्मीहरू र मै...

मिथिलाञ्चलमा जतरा पर्व मनाइँदै access_timeकात्तिक १०, २०७७

बडा दशैँअन्तर्गत आज दशमीका दिन मिथिलाञ्चलमा यात्रा पर्व मनाइँदैछ । यात्रा पर्वलाई मिथिलाञ्चलमा जतरा पर्व पनि भनिन्छ । धार्मिक मान्यताअनुसार दशमीका दिन भगवती दुर्गाको यात्रा हुने भएकाले यसलाई वर्षभरिकै सबैभन्दा पवित्र दिन मानिन्छ । मिथिला क्षेत्र शक्ति उपासनाका लागि प्रसि...

परेवा संरक्षण गर्दै गाउँपालिका access_timeकात्तिक १०, २०७७

पाँचथरको कुम्मायक गाउँपालिका यासोक बजारमा रहेको परेवाको गुँड तथा त्यहाँ रहेका परेवाको संरक्षणमा जुटेको छ । गाउँपालिकाको केन्द्र रहेको ऐतिहासिक यासोक बजारको मध्यभागमा अवस्थित परेवाको गुँड मर्मत सम्भार तथा त्यहाँ रहेका परेवाको संरक्षणका लागि गाउँपालिकाले समिति नै ग...

स्वास्थ्य मापदण्ड पालना गरी दसैँ मनाउन प्रधानन्यायाधीश राणाको आग्रह access_timeकात्तिक १०, २०७७

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले २०७७ सालको विजयादशमी, शुभ–दीपावली, नेपाल संवत् तथा छठपर्वलगायतका चाडपर्वहरूको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुुभाइहरूमा शुुभकामना व्यक्त गरेका छन् । सत्य, प्रकृति, आस्था, सदाचार र शक्तिको ...

जोखिम ख्याल नगरी बजारमा चहलपहल access_timeकात्तिक ९, २०७७

दशैँका समयमा यहाँका प्रमुख बजार दिपायल, पिपल्ला र राजपुरमा चहलपहल बढेको छ । कोरोना सङ्क्रमणका कारण स्थानीय प्रशासनले बढी भीडभाड नगर्न आग्रह गरेपनि दशैका लागि भन्दै सर–सामान किन्न गाउँबाट आएका नागरिकका कारण यहाँका बजारमा भीड बढ्न थालेको हो ।  गा...

नदीमा डुबेर दुई बालिकाको मृत्यु access_timeकात्तिक ९, २०७७

नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको आज मृत्यु भएको छ । घोडाघोडी नगरपालिका– ५ सरैयाकी आठ वर्षीया अर्चना विष्ट र नौ वर्षीया अस्मिता ढुङ्ग्यालको कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक...

नयाँ सैनिक अधिकृतको मूल निशानसमक्ष हुने शपथ स्थगित access_timeकात्तिक ९, २०७७

नेपाली सेनाका नयाँ अधिकृतले मूल निशानसमक्ष शपथ लिने परम्परा यस पटक स्थगन भएको छ । हरेक वर्ष  बडादशैँको महानवमीका दिन नयाँ अधिकृतले शपथ लिने प्रचलन रहेकामा कोभिड–१९ बाट सिर्जित जोखिमका कारण यस वर्ष गरिएन । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार हन...

अल कायदाका वरिष्ठ नेता अफगानिस्तानमा मारिए access_timeकात्तिक ९, २०७७

अतिवादी इस्लामिक संगठन अलकायदाका वरिष्ठ नेता अबु मुहसिन अल मास्री अफगानी सेनाको कारबाहीमा मारिएका छन् । अफगानिस्तानको राष्ट्रिय सुरक्षा निर्देशनालयले शनिबार ट्वीटमार्फत यसको जानकारी दिएको हो ।  मास्री अमेरिकी गुप्तचर निकाय एफबीआईको मस्ट वान्डेट सुचीमा थिए । अमे...

सिकालीको प्रसाद प्रधानमन्त्रीलाई access_timeकात्तिक ९, २०७७

प्रधानमन्त्री केपी  शर्मा ओलीलाई ऐतिहासिक खोकनास्थित सिकालीका देवता खलकले आज सिकाली जात्राकोे प्रसाद हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित समारोहमा देवता खलक र स्थानीय गुठीले प्रसाद हस्तान्तरण गरेका थिए ।  आज बिहान खोकनाका, रुद्रायणी, ...

यस वर्ष तलेजु भवानीको मन्दिर खुलेन access_timeकात्तिक ९, २०७७

यस वर्ष तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि खुला गरिएन । काठमाडौंको हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको मन्दिर कोरोना संक्रमण जोखिम कै कारण सर्वसाधारणका लागि खुल्ला नगरिएको हो ।  यो मन्दिर प्रत्येक वर्ष अश्विन शुक्ल नवमी अर्थात महानवमीका दिन मात्र खु...

दशैँको भीडले संक्रमणको जोखिम थप बढ्यो access_timeकात्तिक ९, २०७७

बडादशैं पर्वमा जताततै मेला र उत्सवसँगै मिथिलाक्षेत्रमा देखिने भीडभाडले कोभिड–१९ सङ्क्रमणको जोखिम बढाएको छ । प्रदेश नम्बर २ का सबैजसो जिल्लामा दशैं मेलामा देखिने भीडभाडले सङ्क्रमण जोखिम बढाएको विज्ञले बताएका हुन् । कोभिड–१९ सङ्क्रमण बढिरहेकै बेला परे...

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने access_timeकात्तिक ९, २०७७

संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिएअनुकूल गैरआवासीय नेपालीलाई नागरिकता दिने ऐन छिट्टै पारित हुने ढुक्क रहन आग्रह गरेका छन् । गैरआवासीय नेपाली संघ बेलायतद्वारा ‘सम्पत्तिको सुरक्षा &nda...

चितवनमा थप दुई सङ्क्रमितको मृत्यु access_timeकात्तिक ९, २०७७

कोभिड–१९ को सङ्क्रमणबाट चितवनमा थप दुई सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ती सङ्क्रमितको कोरोनाबाट ज्यान गएको हो । चितवन मेडिकल कलेजमा उपचारका क्रममा गुल्मीका सङ्क्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा गुल्मीका...

मालिकाका जोखिममा परेका २० बस्ती स्थानान्तरण गर्न सिफारिस access_timeकात्तिक ९, २०७७

म्याग्दीको मालिका गाउँपालिकामा पहिरोको जोखिममा रहेको २० बस्ती स्थानान्तरण गर्न सिफारिस गरिएको छ । पालिका स्तरीय विपद् व्यवस्थापन समितिले जोखिममा परेका ति बस्तीको पहिचान गरी जिल्ला विपद् व्यवस्थापन समिति, प्रदेश र सङ्घीय सरकार समक्ष स्थानान्तरणका लागि सिफारिस गरेको हो...

Page 1 of 1257