केन्द्रीय संस्करण

खेलकुद

स्टोक्सको शतकमा राजस्थानले मुम्बईलाई हरायो access_timeकात्तिक १०, २०७७

आईपीएलको १३ औँ सिजनको ४५ औँ खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ । जीतसँगै राजस्थान छैटौँ स्थानमा उक्लदै प्लेअफमा छनौटको सम्भावना कायम राखेको छ । उता, हारका बावजुद मुम्बई शीर्ष स्थानमा कायम रहेको छ । राजस्थानको जीतमा बेन स्टोक्स नायक...

‘भीएआर सधैँ बार्सिलोनाबिरुद्ध निर्णय गर्न प्रयोग हुन्छ’ access_timeकात्तिक ९, २०७७

सिजनको पहिलो एल क्लासिकोमा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडसँग पराजित भएपछि बार्सिलोनाका म्यानेजर रोनाल्ड कोम्यानले भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) माथि आक्रोश पोखेका छन् । भीएआरको मद्दतले रियलले पाएको पेनाल्टी शनिबारको खेलमा निर्णायक बन्न पुगेको थियो । खेलमा आक्रोश पोख्दै...

विपक्षीको पोष्टमा आयाक्सको रेकर्ड १३ गोल access_timeकात्तिक ९, २०७७

डच महारथीले लिग इतिहासकै सबैभन्दा ठूलो जीत हासिल गर्दै भीभीभी भेन्लोलाई पराजित गरेको छ । १० खेलाडीमा सिमित भेन्लोमाथि आयाक्सले १३–० को विशाल जीत हासिल गर्न सफल भएको हो । यसअघि, सन् १९७२ भिटेसेविरुद्ध आफैले बनाएको १२–१ को जीतको कीर्तिमालाई आयाक्सले...

लेवान्डोस्कीको कीर्तिमानमा बायर्न विजयी access_timeकात्तिक ९, २०७७

आइनट्राक्ट फ्रांकफर्टबिरुद्ध सहज जित निकाल्ने क्रममा रोबर्ट लेवान्डोस्कीले नयाँ इतिहास रच्न सफल भएका छन् । शनिबार भएको खेलमा लेवान्डोस्कीको ह्याट्रिकको मद्दतले बायर्नले ५–० को सहज जित हासिल गर्न सफल भएको हो । योसँगै पोलिस स्ट्राइकर पहिलो पाँच खेलपछि लिगमा १० गोल ग...

प्रिमियर लिगः लिभरपुलको जित्दा युनाइटेड र चेल्सी बराबरी access_timeकात्तिक ९, २०७७

डिफेन्डिङ च्याम्पियन लिभरपुलले एक गोलले पछि परेको स्थिति उल्टाउँदै सेफिल्ड युनाइटेडबिरुद्ध २–१ को संघर्षपूर्ण जीत हासिल गरेको छ । भर्जिल भान डाइकबिना मैदानमा उत्रेको लिभरपुलका लागि फाबिनोले गल्ती गरेपछि सेफिल्डले खेलको १३ औँ मिनेटमा पेनाल्टी पाएको थियो । जस...

सिजनको पहिलो क्लासिकोमा रियल विजयी access_timeकात्तिक ८, २०७७

सिजनको पहिलो एल क्लासिकोमा रियल म्याड्रिडले बार्सिलोनलाई पराजित गरेको छ । रियलले बार्सिलोनालाई उसैको घरेलु मैदानमा ३–१ गोलअन्तरले पराजित गरेको हो । रियलले बार्सिलोनालाई क्याम्प नाउमा हराएको सन् २०१६ को अप्रिलपछि पहिलोपटक हो । निकै रोमाञ्चक बनेको खेलमा रिय...

एल क्लासिको : ढल्दै गरेको साम्राज्यको भिडन्तमा कसले मार्ला बाजी ? access_timeकात्तिक ८, २०७७

विश्वका दुुई एलिट टिमहरुबीचको प्रतिस्पर्धा क्लासिको फुटबलको उत्सव हुनुपर्ने हो, तर शनिबार (नेपाली समयअनुसार ७ बजेर ४५ मिनेट जाँदा सुरु हुने)  यस्तो अवस्था हुनेछैन । बरु, आजका साम्राज्य कसरी भोलि खरानी बन्छन् भनेर सायद यसले प्रदर्शन गर्नसक्छ । गत सिजनको च्याम्पियन्...

मुटुको शल्यक्रियापछि कपिल देवको अवस्था स्थिर access_timeकात्तिक ८, २०७७

छाती दुखेर दिल्लीस्थित अस्पताल पुगेका भारतका लिजेन्डरी क्रिकेटर कपिल देवको मुटुको शल्यक्रिया गरिएको छ । अस्पतालद्वारा जारी विज्ञप्तिमा ६१ वर्षीय देवलाई शुक्रबार अस्पताल भर्ना गरिएको र अहिले उनको अवस्था स्थिर रहेको जानकारी दिइएको छ । देव सन् १९८३ को विश्वविजेता भारतीय ...

भिल्लाको विजयी यात्रामा लिड्सको पूर्णविराम access_timeकात्तिक ८, २०७७

लिड्स युनाइटेडले एस्टन भिल्लाको विजयी यात्रामा पूर्णविराम लगाएको छ । लिड्ससँग ३–० को हार ब्यहोर्दै भिल्लाले प्रिमियर लिगको शीर्ष स्थानमा उक्लने मौका अवसर गुमाएको छ । शुक्रबारको खेलअघि भिल्ला सन् १९३०–३१ पछि पहिलोपटक प्रिमियर लिगको शुरुवाती चार खेलमा जीत ...

पहिलोपटक १० विकेटले हार्यो चेन्नई access_timeकात्तिक ८, २०७७

आईपीएलको १३ औँ सिजनको ४१ औँ खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई १० विकेटले पराजित गरेको छ । शारजाहमा खेलिएको खेलमा चेन्नईले टस हारेर पहिले बलिङ गर्दै १ सय १५ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा मुम्बईले उक्त लक्ष्य १२.२ ओभरमा कुनै विकेट नगुमाइ सफ...

राजस्थानलाई पराजित गर्दै हैदराबाद पाँचौ स्थानमा access_timeकात्तिक ७, २०७७

आईपीएलको १३ औँ सिजनको ४० औँ खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ । दुबईमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गर्दै राजस्थानले १ सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा हैदराबादले उक्त लक्ष्य १८.१ ओभरमा २ विकेट गुमाएर सफलतापूर्...

जिदानलाई पद जोगाउन दुई खेलको अल्टिमेटम ! access_timeकात्तिक ७, २०७७

आगामी दुई खेलमा सकारात्मक नतिजा ल्याउन नसके रियल म्याड्रिडका म्यानेजर जिनेदिन जिदानको पद धराप पर्ने एल एक्युपेले रिपोर्ट प्रकाशित गरेको छ । लगातार दुई खेलमा काडिज र शाख्तार डोनेस्कबाट लज्जास्पद पराजय व्यहोरेपछि जिदानको पद संकटमा परेको हो । अब रियलले एल क्लासिकोमा ...

फिफा वरियतामा नेपाल यथावत् access_timeकात्तिक ६, २०७७

विश्व फुटबल महासंघ (फिफा) को वरियतामा नेपालको स्थान यथावत् छ । कोरोना भाइरसको महामारीका कारण कुनै पनि खेल नखेलेका कारण नेपालको वरियतामा फेरबदल नभएको हो । फिफाले आज जारी गरेको वरियतामा नेपाल १७०औँ स्थानमा कायमै छ । फिफाले यसअघि वरियताको सूची जारी गर्दा पन...

कोरोनामुक्त भएनन् रोनाल्डो, बार्सिलोनाविरुद्धको खेल गुमाउने access_timeकात्तिक ६, २०७७

कोरोना संक्रमणका कारण क्रिस्टियानो रोनाल्डोले बार्सिलोनाविरुद्ध हुने च्याम्पियन्स लिग खेल गुमाउने भएका छन् । नेपाली समयअनुसार आगामी साता (२९ अक्टुुबर) बिहीबार १ बजेर ४५ मिनेट जाँदा युरोपका दुुई ठूला क्लब युभेन्टस्को मैदान एलिनाज रंगशालामा एकआपसमा  भिड्दैछन् । ...

सिराजको कीर्तिमानी बलिङ, बैंग्लुरु दोस्रो स्थानमा access_timeकात्तिक ६, २०७७

इन्डियन प्रिमियर लिग (आईपीएल) को ३९ औँ खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरुले कोलकाता नाइटराइडर्सलाई ८ विकेटले पराजित गरेको छ । कोलकाताले टस जितेर ब्याटिङ गर्दै सिजनको सबैभन्दा न्यून ८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा बैंग्लुरुले १३.३ ओभरमा २ विकेट गुमाएर उक्त...

एथ्लेटिकोको पोष्टमा बायर्नको गोलवर्षा access_timeकात्तिक ६, २०७७

डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले च्याम्पियन्स लिगमा लागतार १२ औँ जित निकाल्दै एथ्लेटिको म्याड्रिडलाई ४–० को विशाल अन्तरले पराजित गरेको छ । उत्कृष्ट लयमा देखिएको हान्सी फ्ल्किको टोलीका लागि किंग्सले कोमानले खेलको २८ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए । लियोन गो...

रियलको लज्जास्पद हार, जिदानले लिए जिम्मेवारी access_timeकात्तिक ६, २०७७

दोस्रो रोजाइका खेलाडी उतारेको युक्रेनियन टोली शाख्तार डोनेस्कसँग १३ पटकको च्याम्पियन्स लिग विजेता रियल म्याड्रिड आफ्नै घरेलु मैदानमा पराजित भएको छ । कारोनाभाइरसको संक्रमणका कारण युक्रेनियन टोली पहिलो रोजाइका १३ खेलाडी बिना नै युवा खेलाडीहरुलाई लिएर म्याड्रिड आएको थि...

पेरिसमाथि म्यान्चेस्टर भारी, चेल्सी रोकियो access_timeकात्तिक ५, २०७७

मार्कस रासफोर्डले पेरिस सेन्ट जर्मेनबिरुद्धको उत्कृष्ट प्रदर्शन दोहोराउँदै म्यान्चेस्टर युनाइटेडलाई महत्त्वपूर्ण जीत दिलाउन सफल भएका छन् । गत सिजनको फाइनलिस्ट पीएसजीलाई युनाइटेडले उसैको घरेलु मैदानमा २–१ गोलअन्तरले पराजित गरेको हो । १८ महिनाअघि रासफोर्डको इन्जुरी...

बार्साको जीतमा मेस्सीको नयाँ कीर्तिमान access_timeकात्तिक ५, २०७७

कप्तान लियोनेल मेस्सी कीर्तिमानी १६ औँ च्याम्पियन्स लिग सिजनमा गोल गरेपछि बार्सिलोनाले फेरेंकभारोसलाई पराजित गर्दै च्याम्पियन्स लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । मंगलबार राति भएको खेलमा बार्सा ५–१ को विशाल अन्तरले विजयी भएको हो । मेस्सीले खेलमा २७ औ...

राजस्थानसँग चेन्नई पराजित, प्लेअफको यात्रा कठिन access_timeकात्तिक ४, २०७७

इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्यले चेन्नई सुपरकिंग्सलाई ७ विकेटले पराजित गरेको छ । अबुधाबीमा खेलिएको खेलमा टस जितेर पहिलो ब्याटिङ गर्दै चेन्नईले १ सय २६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा राजस्थानले उक्त लक्ष्य १७.३ ओभरमा ३ विकेटको क्षतिमा पछ्याय...

एकै खेलमा उत्कृष्टदेखि हस्यास्पद : तीन गोलको अग्रता गुमाउँदै रोकियो स्पर्स access_timeकात्तिक ३, २०७७

तीन गोलले पछि परेको स्थितिलाई उल्टाउँदै वेस्ट ह्यामले टोटनह्याम हटस्पर्सविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै अंक बटुल्न सफल भएको छ । खेलको ८२ औँ मिनेटसम्म स्पर्सले ३–० ले अग्रता बनाएपनि अन्तिम सम्हालिन नसक्दा खेल ३–३ को बराबरीमा सकिएको हो । यसअघि खेलको शुरुवाती...

आईएपीएलमा दोस्रो पटक सुपरओभर पनि बराबरी : डबल सुपरओभरमा पञ्जाबले हरायो मुम्बईलाई access_timeकात्तिक ३, २०७७

इन्डियन प्रिमियर लिग (आईपीएल) मा किंग्स इलेभेन पञ्जाबले मुम्बई इन्डियन्सलाई डबल सुपर ओभरमा पराजित गरेको छ । यसअघि दुई टोलीबीच खेलिएको पहिलो सुपर ओभर पनि बराबरीमा सकिएको थियो । दोस्रो सुपर ओभरमा मुम्बईले प्रस्तुत गरेको १२ रनको लक्ष्य पञ्जाबले ४ बलमा नै पुरा गर्यो । ...

विश्व भर्चुअल तेक्वान्दोमा नेपाली खेलाडीलाई ४ स्वर्ण र ३ रजत access_timeकात्तिक २, २०७७

२०२० वल्र्ड भर्चुअल तेक्वान्दो महोत्सवमा नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का खेलाडीले ४ स्वर्ण र ३ रजत जितेका छन् । प्रतियोगितामा भिजन तामाङले पुरुष १२ वर्ष उमेरसमुहमा स्वर्ण जिते, उनले ६.७६ अंक जोडे । यो स्पर्धामा एनटीएबाट २ खेलाडीले सहभागिता जनाएका थिए । भिजनसंगै सम...

रियलको अपराजित यात्रामा नवप्रवेशी क्याडिजको ब्रेक, बार्सिलोना पनि पराजित access_timeकात्तिक २, २०७७

नवप्रवेशी टाली क्याडिजले डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडलाई उसैको घरेलु मैदानमा स्तब्ध बनाएको छ । एन्थोनी लोजानाले पहिलो हाफको १६ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । रियलबिरुद्ध क्याडिजले पछिल्लो ३० वर्षमा पहिलो पटक जीत हासिल गरेको हो । जिनेदिन जिदानक...

दिल्लीको नौँ खेलमा पनि सन्दीपले पाएनन् मौका access_timeकात्तिक १, २०७७

एजेन्सी ।  युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले आफ्नो नवौं खेलमा पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई बेन्चमै राखेको छ । सारजाह क्रिकेट स्टेडियममा चेन्नई सुपर किङ्सविरुद्धको जारी खेलामा दिल्ली...

Page 1 of 212