केन्द्रीय संस्करण
समाचार

सभामुखमा सहमति खोज्न प्रचण्ड बालुवाटारमा

person explore access_timeमाघ ५, २०७६ chat_bubble_outline0
फाइल तस्विर

काठमाडौँ । सभामुखबारे सहमति जुटाउन त्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान नौ बजेदेखि दुई अध्यक्षबीच छलफल सुरु भएको हो । 

गत बिहीबार र शुक्रबार पनि दुई अध्यक्षबीच कसलाई सभामुख बनाउने भन्नेमा छलफल भएपनि निश्कर्ष आउन सकेको थिएन । तर दुवै दिनका छलफल सकारात्मक भएको दुवै अध्यक्षको सचिवालयले जनाएका थिए ।

सभामुख छान्न नेकपाले निर्णय गर्न ढिलाइ गरेपछि प्रतिनिधिसभा बैठक पटक पटक स्थगित हुदै आएको छ । प्रतिनिधिसभाको अर्को बैठक माघ ६ गते अर्थात् भोलिका लागि बोलाइएको छ ।

नेकपामा आज बेलुकासम्म पनि सभामुखबारे टुङ्गो नलागे भोलिको संसद बैठक पनि स्थगित हुने सम्भावना रहेको छ । तर नेकपाका नेताहरुका अनुसार भोलि विहानसम्म नेकपाले सभामुखको निर्णय गरिसक्ने गरी दुई अध्यक्षबीच कुराकानी भइरहेको छ ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओलीले सभामुखमा दलका उपनेता समेत रहेका सुवास नेम्वाङ र प्रचण्डले अग्नि सापकोटालाई अघि सार्दै आएका छन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.