केन्द्रीय संस्करण
अनुभव

बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतको अनुभव : यसरी मैले पनि कोरोनालाई जितेँ (भिडियो)

person explore access_timeअसोज १४, २०७७ chat_bubble_outline0

मलाई पनि कोभिड–१९ को सङ्क्रमण भयो र अहिले पूर्ण स्वस्थ्य भइसकेको छु । सुरुमा मेरी कान्छी छोरीलाई कोरोना भाइरसले छोयो । उनमा कसरी स¥यो थाहा छैन । अफिसबाट सरेको शङ्का गर्ने हो भने, सम्पर्कमा आएका कसैलाई पनि कोरोना लागेको छैन । घरमा हामीसहित १५ जना सदस्य छौँ, यहाँ पनि कसैमा लक्षण देखिएन ।

ज्वरो १०१ दशमलव ५ डिग्रीसम्म आयो

छोरीलाई ‘पीसीआर पोजेटिभ’ देखिएपछि घरमै सुरक्षित तरिकाले आइसोलेसनमा राख्यौँ । मेरो हकमा मलाई गन्ध नआउने लक्षण सेप्टेम्बर ८ तारिखमा देखियो । कोभिड–१९ को लक्षणहरूमध्ये गन्ध, स्वाद थाहा नपाउनु नै अन्तिम निष्कर्ष हो । ज्वरो ¬(१०१.५ डिग्री) चाहिँ त्यसको तेस्रो दिनपछि अर्थात् सेप्टेम्बर ११ तारिखबाट आउन थाल्यो । ज्वरोलाई ‘सिटामोल’ खाएर नियन्त्रण गरेँ । कोरोना सङ्क्रमितमा अक्सिजनको लेभल घट्नु गम्भीर असर मानिन्छ । तसर्थ मैले हरेक दुई घण्टामा शरीरको अक्सिजनको मात्रा नापेर बसेँ । संयोगले मेरा बहिनीज्वाइँ डा. जनक कोइराला सङ्क्रामक रोगको ठूलो विशेषज्ञ हुनुहुन्छ । उहाँ ३० वर्षे लामो अमेरिकी बसाइपछि अब सधैँका लागि स्वदेश फर्कनुभएको छ । म उहाँकै निगरानीमा बसेँ । सेप्टेम्बर १३ तारिख मेरो पनि ‘पीसीआर पोजेटिभ’ देखियो र कोभिड प्यानल रक्त जाँच गर्दा इन्फेक्सन अलिक अधिक नै देखियो तर रक्त क्लट भएको रहनेछ ।

बेलायतका वैज्ञानिकको भनाइअनुसार कोभिड–१९ सङ्क्रमण भएको आठ दिनमा ९० प्रतिशत व्यक्तिको शरीरबाट भाइरस मरिसक्छ । १० प्रतिशत व्यक्तिमा मात्र त्यसभन्दा बढी दिनहरू जीवित रहन्छ । त्यही अनुरूप अब हामीकहाँ पनि अन्तिम ३ दिन ज्वरो नआएको खण्डमा फेरि पीसीआर परीक्षण गरिराख्नु पर्दैन । त्यसकारण १० दिनमा पूर्ण स्वस्थ्य भएको प्रमाणित हुन्छ । तद्अनुसार म सेप्टेम्बर १९ तारिख पूर्ण स्वस्थ्य भएर आइसोलेसनबाट निस्किएँ ।

यस रोगको खतरा शरीरले भाइरसविरुद्ध ‘एन्टिबडी’ बनाउँदा इन्फ्लेमेसन बढी भएर सेप्सिस हुने रगत क्लट भएर थम्बोसिस हुने र अक्सिजन कम भएर फोक्सोमा सङ्क्रमण भई ज्यान जोखिममा पर्ने रहेछ । यसबारे समयमै जानकारी राख्नसकेमा अस्पताल भर्ना भइ भाइरसविरुद्ध औषधि विशेषतः ‘रेम्डेसिभिर’ र अक्सिजनको सिलिन्डर प्रयोग गरी अधिकांश बिरामीको  ज्यान बचाउन सकिने रहेछ । १०१ डिग्रीभन्दा बढी ज्वरो आएको खण्डमा र दीर्घरोगीहरुलाई सङ्क्रमण भएको खण्डमा तुरुन्तै डाक्टरसँग सल्लाहमा बस्नुपर्दछ ।

बेलायतका वैज्ञानिकको भनाइअनुसार कोभिड–१९ सङ्क्रमण भएको आठ दिनमा ९० प्रतिशत व्यक्तिको शरीरबाट भाइरस मरिसक्छ । १० प्रतिशत व्यक्तिमा मात्र त्यसभन्दा बढी दिनहरू जीवित रहन्छ । त्यही अनुरूप अब हामीकहाँ पनि अन्तिम ३ दिन ज्वरो नआएको खण्डमा फेरि पीसीआर परीक्षण गरिराख्नु पर्दैन । त्यसकारण १० दिनमा पूर्ण स्वस्थ्य भएको प्रमाणित हुन्छ । तद्अनुसार म सेप्टेम्बर १९ तारिख पूर्ण स्वस्थ्य भएर आइसोलेसनबाट निस्किएँ ।

मेरी श्रीमतीलाई सेप्टेम्बर १५ तारिख पीसीआर पोजेटिभ देखियो र ज्वरो नआएकाले सेप्टेम्बर २६ तारिख आइसोलेसनबाट उनी निस्किइन् । परिवारमा अरु सबैको पीसीआर ‘नेगेटिभ’ देखियो । यो हाम्रा लागि सुखद् समाचार थियो ।

होम आइसोलेसन र अध्ययन

हामी सबैजना आफ्नै घरमा आइसोलेसनमा बस्यौँ । सकभर प्रत्यक्ष सम्पर्कबाट वञ्चित भएर आफ्नै कोठामा बस्यौँ । इन्टरनेट, टेलिभिजनले गर्दा अहिले समय कटाउन त्यति गाह्रो नहुने रहेछ तर सजिलो पनि हैन । यसबीचमा मैले ४ वटा पुस्तक पनि पढेँ । जसमा दुई नेपाली लेखक स्वर्णिम वाग्लेको ‘जब्स, इन्भेस्टमेन्ट एन्ड द इकोनोमिक स्ट्रक्चर’ र राजिव उपाध्यायको ‘केबल्स एन्ड कार्टल्स’ । त्यस्तै २ जना विदेशी लेखक डा. जोसेफ मुर्फे रचित ‘द पावर अफ योर सबकन्सियस माइन्ड’ र रोनाल्ड केस्लरको ‘द सेक्रेट्स अफ द एफबीआई’ अध्ययन गरेँ । होम आइसोलेसनलाई मैले आराम गर्ने र अध्ययन गर्ने अवसरको रूपमा लिएँ ।

कोभिड–१९ लाई हराउन जनस्वास्थ्य मापदण्ड पालना गरौँ

मलाई लाग्छ, काठमाडौँमा स्थानीय स्तरमा सङ्क्रमण फैलिसकेको छ । अहिले स्वास्थ्य मन्त्रालयको बुलेटिन हेर्ने हो भने देशभरका आधाउधि सङ्क्रमित उपत्यकाकै छन् ।

सङ्क्रमितमध्ये अधिकांश बिना औषधि नै निको भएका छन् । लक्षण देखिएका सङ्क्रमितहरू पनि उपचारपछि निको भई घर फर्किसकेका छन् । उपलब्ध तथ्याङ्क केलाउने हो भने कम उमेरका व्यक्तिमा सङ्क्रमणको मार त्यति देखिँदैन । मेरी छोरी र श्रीमतीलाई ज्वरो नै आएन, केही दिन गन्ध मात्रै हरायो ।

सडकमा हर्न नबजाउने र मापसे अभियानलाई हामी सबै नेपाली मिलेर जसरी सफल बनायौँ अब हामीले त्यसरी नै कोभिड–१९ लाई हराउन वा जोगिन सफा मास्कको प्रयोग, ६ फिटको भौतिक दूरी र सङ्क्रमणरहित सरसफाइलाई दिनचर्या नै बनाउनुपर्छ । त्यस्तै अपरिचित व्यक्ति र भीडभाडबाट पनि जोगिनुपर्छ । अझ भीडभाडलाई सक्रिय सङ्क्रमित बिरामीको सङ्ख्या कम नभएसम्म गैरकानुनी नै घोषणा गर्नुपर्छ । यी सबै मापदण्ड पूरा ग-यौँ भने ८० प्रतिशतभन्दा बढी सङ्क्रमणबाट बच्न सकिनेछ ।

यस सङ्क्रमणको सबैभन्दा ठूलो अस्त्र ‘इम्युनिटी’ अर्थात् प्रतिरक्षा हो, जुन स्वस्थ्य खाना विशेषगरी घरमै पकाएको दाल, भात र तरकारीमा पाइन्छ । त्यस्तै स्वस्थ्य जीवनशैली, दिनमा कम्तीमा पनि आधा घण्टाको योग, व्यायाम नित्यकर्मको रूपमा अङ्गीकार गर्ने । धूमपान र मध्यपानबाट पूरै वञ्चित हुने । जङ्कफुड, ड्रिङ्क्स तथा पूर्व तयारी खाना सकभर नखाने । यस्ता खाना कहिलेकाहीँ खाए हुन्छ तर दैनिक आहारका रूपमा लिनु हुँदैन । यसलाई राष्ट्रिय कार्यक्रमका रूपमा जनजागरण अभियानमा लानुपर्दछ ।

दोस्रो कुरा माथि उल्लेख गरेझैँ पीसीआर पोजेटिभ देखिएका व्यक्ति बढीमा १४ दिनसम्ममा लक्षण नदेखिने र ज्वरो नआएको अवस्थामा पूर्ण स्वस्थ्य भएको मानी अभिलेखबाट हटाउनुपर्दछ । हामीकहाँ लक्षण नदेखिने सक्रिय रोगी बढ्नुमा यो नै प्रमुख कारण हो । आजको तथ्याङ्कको कुरा गर्ने हो भने देशमा गत चौध दिनमा बढीमा करिब १५ हजार सङ्क्रमित छन् र अधिकांश निको भई घर फर्किसके । अहिले आएर मृत्युदर अलि बढी देखिन थालेको छ–झण्डै दैनिक ७–८ जना । दक्षिण एसियामा धेरै मृत्युदर हामीकहाँ नै छ । यसलाई केकसरी कम गर्ने सरोकारवाला निकायले आवश्यक कदम चालिहाल्नु पर्छ ।

अब राज्य कसरी अगाडि बढ्नुपर्छ

अब राज्यको सबैभन्दा ठूलो दायित्व गम्भीर बिरामी भएका व्यक्तिलाई तुरुन्तै परीक्षण गरी समयमै आवश्यक औषधि एवं अक्सिजन उपलब्ध गराउनु हो । पछिल्ला दिनमा निजी अस्पताल र नर्सिङ होमहरू पनि अगाडि आएका छन् । अहिले उपचार र परीक्षणमा केही सहज भएको छ तथापि उपचार खर्च महँगो नै छ । यसमा सरकारले अनुदान दिई नियन्त्रण गर्नुपर्छ ।

यस सङ्क्रमणको सबैभन्दा ठूलो अस्त्र ‘इम्युनिटी’ अर्थात् प्रतिरक्षा हो, जुन स्वस्थ्य खाना विशेषगरी घरमै पकाएको दाल, भात र तरकारीमा पाइन्छ । त्यस्तै स्वस्थ्य जीवनशैली, दिनमा कम्तीमा पनि आधा घण्टाको योग, व्यायाम नित्यकर्मको रूपमा अङ्गीकार गर्ने । धूमपान र मध्यपानबाट पूरै वञ्चित हुने । जङ्कफुड, ड्रिङ्क्स तथा पूर्व तयारी खाना सकभर नखाने । यस्ता खाना कहिलेकाहीँ खाए हुन्छ तर दैनिक आहारका रूपमा लिनु हुँदैन । यसलाई राष्ट्रिय कार्यक्रमका रूपमा जनजागरण अभियानमा लानुपर्दछ ।

मनको बाघले नखाओस्, उच्च मनोबल बनाऔँ

कोभिड–१९ को सबैभन्दा ठूलो जोखिम ‘मनको बाघ’ले खानु हो । त्यसैकारण यसमा मानसिक मनोबल नै सबैभन्दा ठूलो अस्त्र हो । संसारको तथ्याङ्कले देखाउँछ जसको इम्युनिटी कम हुन्छ, त्यस्ता व्यक्ति धेरै जोखिममा हुन्छन् । ९९ प्रतिशत सङ्क्रमित व्यक्तिलाई मृत्युको डर छैन । त्यसैकारण मनोविज्ञान दरो राख्नुपर्दछ ।

बन्दाबन्दीमा हामीले जेजति काम गर्नुपथ्र्यो त्यति गरेनौँ । व्यापक चेकजाँच, आइसोलेसन सेन्टर, भेन्टिलेटर इत्यादिको जोहो गरिएन । सरकार अब पनि मुकदर्शक भएर बस्नुभएन । भयावह अवस्थाको प्रक्षेपण गरी समस्त नेपालीलाई बन्धक बनाउने र अर्थतन्त्रलाई धरापमा पारी बेरोजगारी र गरिबी बढाउनेतिर सरकार उद्यत देखिन्छ । के बन्दाबन्दी नै समस्याको समाधान हो त ?

अन्त्यमा, सचेत र सतर्क बनौँ । कोरोनाले छोइहालेमा नहडबडाऔँ । उच्च मनोबल र स्वास्थ्यकर्मीको सल्लाहमा कोरोनालाई सजिलै जित्न सकिन्छ ।

हेर्नुहोस् भिडियो :

(शभ्भु दंगालसँगको कुराकानीमा आधारित)

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.