केन्द्रीय संस्करण
अन्तरवार्ता

‘गणतन्त्रमा राष्ट्रप्रमुखको भूमिका पक्षपातपूर्ण देखियो’

नेपाली हुनु, हिन्दु धर्म मान्नुलाई प्रतिगामी सम्झनु उल्टो सोच हो : पशुपतिशम्शेर राणा

person explore access_timeअसोज २७, २०७७ chat_bubble_outline0

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपतिशम्शेर राणाले नेपाली जनताको उन्नति र चिनारीसहित आफ्नो पार्टी एउटा मजबुत संगठित राजनीतिक शक्ति बन्ने दाबी गरेका छन् । रातोपाटीसँगको कुराकानीमा अध्यक्ष राणाले आसन्न (०७८ वैशाख २५–२८) महाधिवेशनपछि स्वस्थ प्रतिस्पर्धाबाट पार्टीले प्रष्ट जिम्मेवारी र कार्यादेशसहितको नेतृत्व पाउने र मजबुत राजनीतिक शक्ति बन्ने दिशामा अघि बढ्ने बताए ।

उनले वर्तमान सरकार असफल सिद्ध भएको दावीसमेत गरे । सरकार र प्रमुख प्रतिपक्षीबीच भइरहेको भागबण्डाको राजनीति पनि उनलाई निको लागेको छैन । यस अतिरिक्त उनले गणतन्त्रमा राष्ट्र प्रमुखको भूमिका पक्षपातपूर्ण देखिएको पनि टिप्पणी गरे । प्रस्तुत छ राणासँगको कुराकानीको सम्पादित अंश–

विभिन्न बाधा–व्यवधान किनारा लगाएर लामो रस्साकस्सीपछि पार्टी एकतालाई वैधानिकता दिलाउनु भएको छ । अब के–कसरी अगाडि बढ्ने योजना बनाउनुभएको छ ?

– नेपाली राजनीतिको सम्पूर्ण पाटो समाजवादी विचारधाराले ओगटेको छ । यहाँ त्यो बाहेकको राजनीतिक सोच खास रुपमा अगाडि आउन सकेको छैन । हामीले अख्तियार गरेको सोच भनेको मेरो व्याख्यामा उदारवादी संवर्द्धनवाद हो । यसले दुईवटा कुरा अगाडि लिएर जान खोजेको छ । एउटा पाटो भनेको नेपालको परम्परा, धर्म र संस्कृतिअनुसार नेपालीहरु अगाडि बढ्नुप-यो । अर्को, गरिबीको समस्या नहोस्, नेपालको सम्पूर्ण समुदायले उन्नति गर्न सकोस् भन्ने हाम्रो उद्देश्य हो । यही उद्देश्यले अगाडि बढ्ने हो ।

अहिले जुन ढंगबाट राप्रपा एकीकृत भएको छ, त्यसमा त्यो सानो चोइटो गएर केही फरक पार्दैन । सबैलाई आ–आफ्नो विचारको स्वतन्त्रता छ । कोही कहाँ बस्न चाहन्छन्, कोही कहाँ बस्न जान्छन् । त्यो उनीहरुको हिसाब हो । मुल प्रवाह राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकृत भएको छ । नेपाली जनताको अहिलेको माग सम्बोधन गरेर अगाडि बढ्न यो तत्पर छ ।

यो विचारधारको माग हुँदा हुँदै हामीले राजनीतिमा महत्वपूर्ण स्थान ओगट्न सकेनौँ । त्यसैले अहिले हामी नेपाली जनताको उन्नति र चिनारीको हिसाब लिएर एउटा मजबुत संगठित राजनीतिक शक्ति बनाउने कार्यमा जुटेका छौँ ।

एकताकै बीचमा राप्रपाबाट केही नेता–कार्यकर्ता बाहिरिए । यसले कार्यकर्तामा पर्न गएको मनोवैज्ञानिक प्रभाव कसरी चिर्नुहुन्छ ? गणितीय रुपमा दुई पार्टी एक हुँदैमा मजबुत संगठित राजनीतिक शक्ति निर्माण होला ?

– केही कार्यकर्ता गए । अहिले जुन ढंगबाट राप्रपा एकीकृत भएको छ, त्यसमा त्यो सानो चोइटो गएर केही फरक पार्दैन । सबैलाई आ–आफ्नो विचारको स्वतन्त्रता छ । कोही कहाँ बस्न चाहन्छन्, कोही कहाँ बस्न जान्छन् । त्यो उनीहरुको हिसाब हो । मुल प्रवाह राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकृत भएको छ । नेपाली जनताको अहिलेको माग सम्बोधन गरेर अगाडि बढ्न यो तत्पर छ ।

राप्रपामा मुलुकको शासन चलाउन जान्ने मान्छे छन् । अनुभव र इमानदारी दुवै भएका मानिसहरु पनि छन् । सरकार चलाउने क्षमता र नेपाली जनताप्रति प्रतिबद्ध मान्छे आइरहेको छ भनेर हामीले नेपाली जनतालाई सुसूचित गर्छौँ ।

हामीले विगतको धेरै अनुभवबाट पाठ सिक्यौँ । अहिले हामीले धैर्यको अभ्यास-यौँ । केही समस्या थिए, अब ती सम्पूर्ण समस्यालाई माझेर कुनै समस्या नरहनेगरी हामी अगाडि बढेका छौँ । पार्टीको एकता सुरु भएको दिनदेखि अहिले दर्ता हुने बेलासम्म देखिएका समस्या आपसी समझदारीबाट हल ग-यौँ । दुई पार्टी एक हुँदा केही समस्या देखिनु स्वाभाविक पनि थियो ।

तपाईले भनेजस्तो शासन चलाउने अनुभव वा क्षमता भएकाहरुले पार्टीमा युवाको आकर्षण बढाउन सकेको देखिँदैन । पार्टी वा नेतृत्वप्रतिको जनाकर्षण विना राष्ट्रिय राजनीतिमा बलियो उपस्थिति जमाउन सक्नुहोला र ?

मेरो विचारमा उदारवादी संवर्द्धनवादले धेरै युवालाई समेट्न सक्छ । हाम्रो पार्टीमा तपाईँले हेर्नुभयो भने विक्रम पाण्डे, धवलशम्शेर राणा, राजेन्द्र लिङ्देन जस्ता युवा नेताले आफ्नो जनाधार प्रमाणित गरेर अगाडि बढिरहेका छन् । दोस्रो कुरा, नेपाली युवामा अहिले राज्यसत्तामा भएका पार्टीप्रति कता कता वितृष्णा आउन थालेको छ । त्यो वितृष्णालाई हामीप्रति आकर्षणमा परिणत गर्ने हाम्रो उद्देश्य छ । मलाई विश्वास छ त्यो काम हामी गर्न सक्छौँ ।

तपाईले जुन नेताहरुको नाम लिनुभयो, उहाँहरुलाई नेतृत्वमा पुग्न तपाईहरु (कमल थापा, प्रकाशचन्द्र लोहनी र पशुपतिशम्शेर राणा) जस्ता बारम्बार परीक्षण भइसक्नु भएका नेता मार्गप्रशस्त गर्न तयार हुनुहुन्छ ?

– पार्टीमा अहिले तीन अध्यक्षको व्यवस्था छ । त्यो एउटा कुरा हो । भोलिको नेतृत्वको अभाव हामीसँग छैन । युवा र उहाँहरु क्षमतावान हुनुहुन्छ । युवा पिँढीमा जनाधार भएका मानिस हामीसँग छन् ।

उहाँहरु राप्रपाको नेतृत्वमा आउन सक्नुहुन्छ ?

– स्वस्थ प्रतिस्पर्धामा जो जहिले पनि आइहाल्छ । कसैलाई बार राखिएको छैन ।

त्यसो भए तपाईहरुले युवालाई नेतृत्वमा स्थापित गर्ने नयाँ अभ्यासको थालनी गर्नुहुन्छ ?

मैले लिएका नाममात्र होइन, धेरै साथीहरु नेतृत्व लिन सक्षम हुनुहुन्छ । ती सम्पूर्णलाई पार्टीको महत्वपूर्ण ठाउँमा भूमिका र स्थान दिइन्छ । यसका लागि म उदार नै छु ।

अहिलेसम्म गरेको अभ्यासबाट दलीय प्रतिनिधिले राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्दा पक्षपात गरेको देखियो । कतिपय कुरामा दलको भन्दा पनि गुटको खास प्रतिनिधि भइरहेको महसुस भएको छ । दल भन्दामाथि उठ्ने संस्थाले नै अहिलेका प्रजातन्त्रिक उद्देश्यलाई कायम गर्छ भन्ने हाम्रो दाबी र सोचाइ हो ।

पार्टी एकताको घोषणापछि ६ महिना चलेको आन्तरिक रस्साकस्सी कसरी समाधान बाटोमा पुग्यो, यो पनि जानकारी गराइदिनु न ? त्यसमा तपाईको भूमिका कस्तो रह्यो ?

हामीले विगतको धेरै अनुभवबाट पाठ सिक्यौँ । अहिले हामीले धैर्यको अभ्यास-यौँ । केही समस्या थिए, अब ती सम्पूर्ण समस्यालाई माझेर कुनै समस्या नरहनेगरी हामी अगाडि बढेका छौँ । पार्टीको एकता सुरु भएको दिनदेखि अहिले दर्ता हुने बेलासम्म देखिएका समस्या आपसी समझदारीबाट हल ग-यौँ । दुई पार्टी एक हुँदा केही समस्या देखिनु स्वाभाविक पनि थियो । स्वाभाविक ढंगले सम्पूर्ण समस्यालाई हल ग-यौँ ।

विगतको विभाजनको पीडाबाट पाठ सिक्दै अब विभाजन नहुने गरेर राप्रपा एक भएको हो ? 

अब विभाजन हुन नसक्ने किसिमबाट राप्रपा अगाडि बढेको छ । विभाजन ल्याउने कुराहरु लामो छलफलबाट नामेट गरेका छौँ ।

त्यसो भए पार्टीको नीति, सिद्धान्तमा एकरुपता आएको छ, अब आपसमा कुनै कुराको मतभेद छैन भन्ने अवस्थामा तपाईहरु पुग्नुभएको हो ?

सिम्पल कुरा, हामीले अख्तियार गरेको मैले अघि नै भनेको नीति हो । राप्रपा परम्परा, धर्म र इतिहास बोकेर अगाडि बढ्ने पार्टी हो । साथसाथै भविष्यको उन्नत उज्यालोमा लैजाने कुरा हो । अर्को कुरा, स्वस्थ प्रतिस्पर्धा हो । हामी बीचमा अब महाधिवेशन यथाशीघ्र गर्ने, महाधिवेशनमा जो सफल हुन्छ, त्यसलाई अरुले मान्ने सहमति भएको छ ।

आसन्न महाधिवेशनमा पार्टी नेतृत्वमा तपाईको दाबी रहन्छ कि रहँदैन ? के छ आन्तरिक तयारी ?

आन्तरिक तयारी भइरहेकै छ । हामीले आगामी वैशाखमा महाधिवेशन गर्ने लक्ष्य राखेका छौँ । अहिलेको कोरोना महामारीका बीच कुन ढंग र तरिकाले पार्टीलाई व्यापक बनाएर लैजान सक्छ भनेर लागिरहेका छौँ । नेतृत्वबारे महाधिवेशनले नै तय गर्छ ।

महाधिवेशनमा प्रतिस्पर्धा हुन्छ वा सहमतिबाट नेतृत्व चयन हुन्छ ? प्रतिस्पर्धा हुँदा महाधिवेशनमा तपाईको उम्मेदवारी रहन्छ कि रहन्न ? मैले यसको उत्तर खोजेको हुँ ।

– (हाँस्दै) मैले भन्नेजति भनिहालेँ । त्यसको व्याख्या तपाई गर्नुहोस् ।

तपाईले नेपालको उज्यालो भविष्य बोकेर अगाडि बढ्ने कुरा गर्नुभयो । प्रतिगामी नीति र सिद्धान्त बोकेर राप्रपाले कसरी नेपालको उज्यालो भविष्य बोक्न सक्छ ?

– मुलुकको चिनारीलाई नगन्ने हो भने प्रतिगामी आरोप लगाए भो । तर नेपालीत्व चाहिन्छ भन्नेले यी कुराहरु छोडेर अघि बढ्न सक्दैन । उदारवादले जे जे भन्छ, हामी अँगालेर अगाडि जान्छौँ । हाम्रो उद्देश्य चिनारीसहितको आधुनिक नेपाल हो । जहाँ सबै नेपालीले आफ्नो ठाउँ पाउँछन् ।

तपाईले भन्ने गरेको चिनारीमाथि लागेको प्रतिगमनको ट्याग कसरी पगाल्नु हुन्छ वा कसरी चिर्नुहुन्छ ?

नेपाली हुनु, हिन्दु धर्म मान्नुलाई प्रतिगामी सम्झनु उल्टो सोच हो ।

यत्रो ठूलो महामारी आउँदा पनि मुकाबिला गर्नै सकेको छैन । उल्टो दिन प्रतिदिन महामारीले रेकर्ड तोडिरहेको छ । सरकारसँग महामारीलाई सम्बोधन गर्ने के के उपाय छ भनेर सोध्दा यो छ भन्न सकेको छैन । सरकारले हातखुट्टा छोडेर बसेकोजस्तो देखिन थालेको छ । यो सरकार असफल भएपछि अरु बाटो खोज्नु परेन ? अरु पार्टी, अरु सोच खोज्नु परेन ?

हिन्दुराष्ट्र सँगसँगै जोडिएको संवैधानिक राजसंस्थाको विषय पनि त छ नि ?

–जहाँसम्म राजसंस्थाको कुरा छ । अहिलेको राष्ट्र प्रमुखको व्यवस्थाले निष्पक्ष भूमिका निर्वाह गर्न सकेन । पार्टीको मानिस राष्ट्र प्रमुख हुँदा उसले कता न कता पक्षपात गर्दोरैछ भन्ने कुरा गणतान्त्रिक युगको कटु अनुभव हो । त्यसैले राष्ट्र प्रमुखको भूमिका पुरानो राजसंस्थाले  अहिलेको भन्दा राम्रो गर्छ । तर उद्देश्य भने जनताको अधिकारमा एकरती पनि कमी नगरेर राजसंस्था ल्याउने हो ।

राजसंस्था बाहेक राजनीतिक दलको क्याडरभन्दा बाहिरको व्यक्तिलाई राष्ट्रप्रमुख बनाउने विकल्प पनि त दिनु सक्नुहुन्थ्यो, राजा नै किन रोज्नु भयो ?

– अहिलेसम्म गरेको अभ्यासबाट दलीय प्रतिनिधिले राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्दा पक्षपात गरेको देखियो । कतिपय कुरामा दलको भन्दा पनि गुटको खास प्रतिनिधि भइरहेको महसुस भएको छ । दल भन्दामाथि उठ्ने संस्थाले नै अहिलेका प्रजातन्त्रिक उद्देश्यलाई कायम गर्छ भन्ने हाम्रो दाबी र सोचाइ हो ।

गणतान्त्रिक व्यवस्थाप्रति वितृष्णा पोख्नुभयो । यो शासन व्यवस्थालाई नै कसरी हेर्नुभएको छ ?

– यो मुलुकमा बहुदल आएदेखि २७ वर्षको इतिहास हे¥यौँ भने सबैभन्दा बलियो जनमत अहिलेको साम्यवादीहरुलाई नेपाली जनताले दिए । त्यो उत्तरदायित्व पाएको दलले मुलुकको समस्याहरु पटक्कै समाधान गर्न सकेन । यो तीन वर्षको दौरानमा सरकारले के ग-यो भनेर लाल्टिन बालेर हेर्नुपर्ने अवस्था छ ।

समाजवादी विचारधारा बोकेका दल असफल भएको ठाउँमा उदारवाद संवर्द्धनवादी सोच लिएर अगाडि बढ्छौँ । हामी पनि विकल्प दिन सक्छौँ । किनभने हामीसँग धेरैजना अनुभव भएको मान्छे छन् । हामीमध्ये कतिजनाले यो मुलुकलाई दक्षताका साथ अगाडि बढाएको, इमानदारिताका साथ मुलुक चलाएका थियौँ ।

त्यसको साथसाथै अहिले यत्रो ठूलो महामारी आउँदा पनि मुकाबिला गर्नै सकेको छैन । उल्टो दिन प्रतिदिन महामारीले रेकर्ड तोडिरहेको छ । सरकारसँग महामारीलाई सम्बोधन गर्ने के के उपाय छ भनेर सोध्दा यो छ भन्न सकेको छैन ।

सरकारले हातखुट्टा छोडेर बसेकोजस्तो देखिन थालेको छ । यो सरकार असफल भएपछि अरु बाटो खोज्नु परेन ? अरु पार्टी, अरु सोच खोज्नु परेन ? राप्रपाले व्यवस्थाको कुरा होइन, दलको कुरा गरेको छ ।

त्यो विकल्पको रुपमा राप्रपा अब खडा हुन्छ ?

– समाजवादी विचारधारा बोकेका दल असफल भएको ठाउँमा उदारवाद संवर्द्धनवादी सोच लिएर अगाडि बढ्छौँ । हामी पनि विकल्प दिन सक्छौँ । किनभने हामीसँग धेरैजना अनुभव भएको मान्छे छन् । हामीमध्ये कतिजनाले यो मुलुकलाई दक्षताका साथ अगाडि बढाएको, इमानदारिताका साथ मुलुक चलाएका थियौँ ।

मुलुक चलाउँदा होस् वा मन्त्रालय चलाउँदा, मान्छेले यहाँनिर इमानदार र दक्ष शासक खोजिरहेको छ । त्यो कुरा हामीले दिन्छौँ । अहिले मुलुकमा भएका समस्याको हल गर्छौँ भन्ने हाम्रो दाबी हो ।

यतिबेला राष्ट्रिय राजनीतिको परिधिभन्दा बाहिर रहेको दल विकल्प बन्छ भनेर कसरी विश्वास गर्ने ?

–०४८ सालमा प्रतिनिधिसभामा हाम्रा तीन–चार जना सांसद थिए । चार वर्षपछि हामीले १८ प्रतिशत जनमत प्राप्त ग-यौँ । २० सिट जित्यौँ । अब त्यसरी जाँदा अहिलेको अवस्थामा पनि ती कुराहरु हासिल हुनुसक्ने आधार हामीसित छ । अहिलेका दलहरु असफल भएकाले नेपाली जनताले हामीलाई मत दिन सक्छन् भन्ने हाम्रो विश्वास हो ।

काँग्रेसले पनि पाएको जिम्मेवारी पुरा गर्न सकेको छैन । सरकारबाट भएको असफलतालाई नेपाली काँग्रेसले प्रमुख प्रतिपक्षीको रुपमा उदाङ्गो पार्नुपर्ने काम गर्न नसकेको अवस्था हो ।

वर्तमान सरकारको शासन कति लोकतान्त्रिक छ ? पुरानो राजनीतिज्ञका हिसाबले कम्युनिस्ट सरकार कति लोकतान्त्रिक पाउनु भयो ?

– कम्युनिस्ट सरकारले आफूले पाएको जनमत र विश्वासलाई धोका दिएको अवस्था हो । म कुनै व्यक्तिमाथि टिप्पणी गर्दिनँ । यो तीन वर्षको अवधि हेर्ने हो भने यो सरकार पूर्ण असफल भइसक्यो । यतिबेला महामारीको सम्बोधन गर्न नसक्नु भनेको आपराधिक असफलता हो । नेपाली जनताले यत्रो जिम्मेवारी दिने, नेपाली जनता महामारीबाट ग्रसित हुने र सरकारले त्यसलाई सम्बोधन नगर्नु ठूलो धोका हो । त्यसैले नेकपाले नेपाली जनताको जनमतलाई धोका दिएको अवस्था हो ।

तपाईकै शब्दमा सरकारको आपराधिक असफलताको साक्षी तपाई किन बनिराख्नु भएको छ ? जनतालाई सजग र सचेत गराउने जिम्मेवारी तपाईँको पनि त हो नि ?

– हामी कदापि साक्षी भएका होइनौँ । हामीले बारम्बार यो कुरा उठाइरहेका छौँ । सोसल मिडियामा आइरहेको छ । आवाज बुलन्द गर्न नसकेको भन्ने कुरालाई चिर्न हामी संगठित रुपमा जनताको सामु जान्छौँ । पार्टी एक भइसकेको छ, दसैँपछि हामीले के गर्छौँ, हेर्नुहोला ।

दसैँपछि राप्रपा सडक संघर्षमा उत्रिन्छ त्यसो भए ?

यो गर्छु भनेर म भन्दिनँ । तपाईँले हेर्नुहुन्छ । हामीले नेपाली जनतालाई प्रभाव पार्ने, उनीहरुलाई चित्त बुझ्ने काम गरेर आगाडि आउछौँ ।

यतिबेला विपक्षी कित्तामा रहेको राप्रपाले प्रमुख विपक्षी नेपाली काँग्रेसको भूमिकालाई कसरी हेरेको छ ?

– काँग्रेसले पनि पाएको जिम्मेवारी पुरा गर्न सकेको छैन । सरकारबाट भएको असफलतालाई नेपाली काँग्रेसले प्रमुख प्रतिपक्षीको रुपमा उदाङ्गो पार्नुपर्ने काम गर्न नसकेको अवस्था हो ।

कि होइनभागबण्डाको परिपाटीमा पनि ‘त्यो साम्यवादी हो ’, ‘त्यो काँग्रेस हो कि होइन’ भन्नेबाहेक अरु केही आधारै नभएर यो जम्मै समस्या आएको हो । त्यो पदका लागि उपयुक्त मान्छे को छ ? संवैधानिक निकायको उच्च पद सम्हाल्न सक्ने को छ ? त्यो खोज्नुपर्छ भन्ने कुरा अचेल हराएको छ ।

अस्वाभाविक राजनीतिक प्रभावले संवैधानिक निकायको स्वायत्तता गुम्दै गएको देखिन्छ, यतिबेला विभिन्न संवैधानिक निकायमा नियुक्तिको चर्चा छ । हाम्रा संवैधानिक निकायको स्वायत्तता कायम राख्न राप्रपाले कस्तो दबाब र सुझाव दिन्छ ?

– अहिलेको आधा समस्या व्यापक पार्टीकरणबाट आएको हो । कुनै पदमा कोही मान्छेलाई पठाउनु प¥यो भने त्यो मान्छे योग्य छ कि छैन ? त्यो जिम्मेवारी उसले सम्हाल्न सक्छ कि सक्दैन ? भनेर हेर्नुको सट्टा पार्टीको को–कति बफादार कार्यकर्ता हो भनेर हेर्ने प्रचलन आयो । त्यो प्रचलनले अहिलेको आधा समस्या जम्मेको हो । संवैधानिक निकायमा योग्यता, निस्पक्षता, इमान्दारी सबै कुरा हेरेर गर्नुपर्छ ।

संवैधानिक निकायमा नियुक्तिका लागि सत्ता र प्रतिपक्षीबीच चोचोमोचो मिलाउने काम भएको भन्ने कुरा बाहिर आएको छ । यसमा राप्रपाको मत के हो ?

– कि होइनभागबण्डाको परिपाटीमा पनि ‘त्यो साम्यवादी हो ’, ‘त्यो काँग्रेस हो कि होइन’ भन्नेबाहेक अरु केही आधारै नभएर यो जम्मै समस्या आएको हो । त्यो पदका लागि उपयुक्त मान्छे को छ ? संवैधानिक निकायको उच्च पद सम्हाल्न सक्ने को छ ? त्यो खोज्नुपर्छ भन्ने कुरा अचेल हराएको छ ।

अन्तिममा, पार्टी एकतापछि कार्यकर्ता र जनतालाई के सन्देश दिन चाहनुहुन्छ ?

– राप्रपा सशक्त कार्यक्रमसहित तपाईँहरुसामु आइरहेको छ । तपाईहरु नेपाली जनताको पक्षमा उभिन तयार हुनुहोस् । अब आउने कार्यक्रम पार्टीले दिन्छ, त्यसले मुलुकलाई प्रभावित गर्ने किसिममा जाने भएकाले यसप्रति कटिबद्ध र प्रतिबद्ध भएर बस्नुहोस् भन्दै सम्पूर्ण पार्टी कार्यकर्ताहरुलाई दसैँ र तिहारको शुभकामना दिन चाहन्छु ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.