केन्द्रीय संस्करण
बहस

संस्कृत भाषा र हिन्दूकरणको रणनीति

person explore access_timeअसोज २७, २०७७ chat_bubble_outline0

 

 

राष्ट्रिय योजना आयोगले हालसालै राष्ट्रिय जनगणना २०७८ को प्रयोजनका लागि प्रश्नावली स्वीकृत गरेको सूचना प्रकाशित गरेको छ । प्रश्नावलीको व्यक्तिगत विवरण भाग अन्तर्गत ३.७, ३.८ र ३.९ मा क्रमशः पुर्खाको भाषा, मातृभाषा र दोस्रो भाषा कुन हो ? भन्ने प्रश्न राखिएको छ । नेपालका आदिवासी जनजातिको पुर्खाको भाषा भन्नु नै मातृभाषा नै हो । तर खस आर्यका लागि मातृभाषा भन्नु ‘खस नेपाली’ हो भने पुर्खाको भाषा ‘संस्कृत’ हो । यहाँनेर राज्यले संस्कृत भाषा स्थापित गर्नकै लागि यो प्रश्न राखेको स्पष्ट देखिन्छ ।

यति मात्र होइन सरकारले संस्कृत भाषा स्थापित गर्न शैक्षिक क्षेत्रमा समेत जबरजस्ती घुसाउँदै छ । केही महिनाअघि राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले संस्कृत विषयलाई आगामी शैक्षिक सत्रको सुरुवातसँगै कक्षा एकदेखि ऐच्छिक विषयको रूपमा पठनपाठन सुरु गर्ने निर्णय ग¥यो । पाठ्यक्रम विकास केन्द्रका (पाविके) निर्देशक गणेशप्रसाद भट्टराईका अनुसार “अब प्रत्येक विद्यालयमा कक्षा आठसम्मको पाठ्यक्रममा संस्कृत भाषा अध्ययन समावेश गर्नुपर्ने छ र यसका लागि पुस्तक तयार पारिँदै छ । कक्षा एकमा यसै शैक्षिक सत्रदेखि संस्कृत अध्ययन गराइँदैछ” ।

आखिर मृत संस्कृत भाषालाई सरकारले किन स्थापित गर्न खोज्दै छ ? किन पुनः प्राथमिकता दिँदै छ ? यो आजको आवश्यकता हो त ? मृत भाषा किन अन्यमाथि लादिँदै छ ? यी प्रश्न  भाषा तथा बौद्धिक क्षेत्रमा बहसको विषय बनेको छ । यस लेखमा संस्कृत भाषाको सामाजिक–राजनीति पक्षबारे केलाउने जमर्को गरिएको छ ।

आखिर मृत संस्कृत भाषालाई सरकारले किन स्थापित गर्न खोज्दै छ ? किन पुनः प्राथमिकता दिँदै छ ? यो आजको आवश्यकता हो त ? मृत भाषा किन अन्यमाथि लादिँदै छ ? यी प्रश्न  भाषा तथा बौद्धिक क्षेत्रमा बहसको विषय बनेको छ । यस लेखमा संस्कृत भाषाको सामाजिक–राजनीति पक्षबारे केलाउने जमर्को गरिएको छ ।

संस्कृत: ब्राह्मण पहिचान संरक्षणको राजनीति

संस्कृत भाषालाई व्यावहारिक रूपमा केलाउँदा यो जाति विशेषको भाषा हुन आउने देखिन्छ । हामीले हाम्रो दैनिक जीवनमा देख्दै आएको कुरा के हो भने संस्कृत भाषा हिन्दू ब्राह्मणले धार्मिक, सांस्कृतिक, अनुष्ठान, रीतिरिवाजको बेला प्रयोग गर्ने गर्छन् । हिन्दु परम्पराअनुसार गरिने प्रत्येक धार्मिक रीतिरिवाज जस्तै विवाह, मृत्यु संस्कार, श्राद्ध, पूजाआजामा संस्कृत भाषामा लेखिएका श्लोक, मन्त्रहरू उपयोग गरिन्छ । धार्मिक तथा सांस्कृतिक कर्मकाण्ड यज्ञ हवन्मा संस्कृत जोडिएको छ । अतः संस्कृतको सीधा सम्बन्ध हिन्दू ब्राह्मणको जीवनपद्वतिसँग जोडिएको छ । वास्तवमा संस्कृत हिन्दू ब्राह्मणका धार्मिक सांस्कृतिक पहिचानको मानक हो ।

नेपाल र भारतमा संस्कृतको अभ्यास हेर्दा ब्राह्मण समुदायले यो भाषालाई आफ्नै जातीय पेवाको रूपमा लिँदै आएको छ ।  अझै पनि दलित समुदायलाई संस्कृत पढाइ हुने स्थानमा भर्ना दिइँदैन । हालसालै बागलुङको मुक्तिनाथ गुरुकुलमा दलित तथा जनजातिका छोराछोरीले पढ्न पाउनुपर्छ भन्दा स्थानीय ब्राह्मण समुदायले “गुरुकुलमा संस्कृतपढ्न दिइँदैन बरु सेरिन तयार छौैँ” भने ।

नेपाल र भारतमा संस्कृतको अभ्यास हेर्दा ब्राह्मण समुदायले यो भाषालाई आफ्नै जातीय पेवाको रूपमा लिँदै आएको छ ।  अझै पनि दलित समुदायलाई संस्कृत पढाइ हुने स्थानमा भर्ना दिइँदैन । हालसालै बागलुङको मुक्तिनाथ गुरुकुलमा दलित तथा जनजातिका छोराछोरीले पढ्न पाउनुपर्छ भन्दा स्थानीय ब्राह्मण समुदायले “गुरुकुलमा संस्कृतपढ्न दिइँदैन बरु सेरिन तयार छौैँ” भने । आजभन्दा दुई वर्ष अगाडि झापाको भद्रपुरस्थित श्रीकृष्ण द्वै्रपायन गुरुकुल वेद विद्याश्रमको प्रशासनले एक विद्यार्थीलाई दलित भएकै कारण भर्ना नलिएका कुरा सञ्चार माध्यममा आएको थियो । विद्यालयका प्रधानाध्यापकले उपाध्याय ब्राह्मणहरू मात्र यस विद्यालयमा सामेल हुन सक्ने बताएका थिए । नेपाली राज्यमा संस्कृत कुन जातिको पेवा हो भन्ने कुराको वर्णन गर्न यी दुई घटना काफी छन् ।

हाल राज्य सञ्चालक पनि हिन्दु खस आर्य ब्राह्मण क्षत्री रहेको हुँदा उनीहरु आफ्नो हिन्दू धर्म संस्कृति रक्षाका लागि जोडदार रूपमा लागि रहेका छन् । त्यसकारण हाल राज्यले संस्कृत भाषा स्थापित गर्न खोज्नु पहिचानको राजनीति बाहेक अरू केही हुन सक्दैन । तर राज्यले आफ्नै एकल जातीय पहिचानका रक्षाका लागि अन्य भाषिक समुदायमाथि संस्कृत लाद्नु सरासर अन्याय हो, अपराध हो ।

संस्कृतको सामाजिक अर्थ–राजनीति

पछिल्लो समयमा पश्चिमा संस्कृतिको प्रभाव, जीविकामा आएको परिवर्तन, अन्तर्राष्ट्रिय श्रम बजारमा अन्य भाषाको प्रभुत्व, आधुनिकतासँगै युवा पुस्तालाई संस्कृतप्रति लगाव छैन । उदाहरणको रूपमा विद्यार्थीले छनोट गर्ने भाषाबाट पनि पुष्टि हुन्छ । जापानी, चिनियाँ, अङ्ग्रेजी, कोरियन, जर्मनी भाषा सिक्ने, पढ्ने जमात बढ्दो छ । यी भाषाको माग बजारकेन्द्रित भएकाले आकर्षण बढेको हो । जबकि संस्कृत भाषा सिक्ने विद्यार्थी खोज्नुपर्ने अवस्था छ । संस्कृत भाषाको ज्ञान भएका परिवारले समेत हाल आफ्ना बालबच्चालाई यस भाषा पढ्नमा प्रेरित गर्दैनन् । संस्कृत पढ्न छात्रवृत्ति पाएका विद्यार्थीले समेत बीचमा पढाइ त्याग्छन्, बजारमा माग नभएका कारण । यस्तो अवस्था देखिँदा देखिँदै राज्य किन संस्कृत भाषा स्थापित गर्न खोज्दै छ ? 

जापानी, चिनियाँ, अङ्ग्रेजी, कोरियन, जर्मनी भाषा सिक्ने, पढ्ने जमात बढ्दो छ । यी भाषाको माग बजारकेन्द्रित भएकाले आकर्षण बढेको हो । जबकि संस्कृत भाषा सिक्ने विद्यार्थी खोज्नुपर्ने अवस्था छ । संस्कृत भाषाको ज्ञान भएका परिवारले समेत हाल आफ्ना बालबच्चालाई यस भाषा पढ्नमा प्रेरित गर्दैनन् । संस्कृत पढ्न छात्रवृत्ति पाएका विद्यार्थीले समेत बीचमा पढाइ त्याग्छन्, बजारमा माग नभएका कारण । यस्तो अवस्था देखिँदा देखिँदै राज्य किन संस्कृत भाषा स्थापित गर्न खोज्दै छ ? 

अहिले ज्ञानविज्ञान भण्डार बुझ्न संस्कृत पढ्नु पर्ने तर्क जो अगाडि सारिएको छ त्यो हिन्दु अतिवादीहरु चलाएको एक भ्रम मात्र हो । यसको तथ्य कसैले प्रमाणित गरेको छैन । आजको मितिसम्म कुनै वैज्ञानिकले संस्कृत भाषा पढेर आविष्कार गरेको रेकर्ड छँदै छैन । यथार्थ के हो भने यिनीहरु जनतालाई संस्कृत भाषाको प्रयोगबाट बृहत् पक्षमा फाइदा हुने देखाउने तर हिन्दु कर्मकाण्डमा आफूहरु मात्रै सीमित हुने यिनको सुनियोजित रणनीति मात्र हो ।

संस्कृतको प्रयोग हिन्दु ब्राह्मणले गरेसँगै भाषाको प्रयोगबाट दीर्घकालमा समाजिक–आर्थिक लाभ पनि इतिहासमा झैँ सोही समुदायलाई नै पुग्ने देखिन्छ । आज पनि विद्यालयमा संस्कृत भाषा पठनपाठन गरिँदा ब्राह्मण समुदायलाई सीधै फाइदा पुग्ने निश्चित छ । संस्कृत भाषामा जाने बुझेको जमात ब्राह्मण समुदायभित्र मात्र छ । विद्यालयमा संस्कृत पठन पाठन हुना साथ नेपाल भरिका विद्यालयमा ब्राह्मण शिक्षककै एकल भर्ती हुने निश्चित छ ।

हुन त कतिपयले केही दलित तथा आदिवासीले संस्कृतमा वेदका हरफ वाचन गरेको भिडियो प्रसार गरेर दलित समुदायको प्रतिनिधित्व बढ्दै गएको सन्देश दिइने प्रयास पनि गरिएला । संस्कृत भाषा सबैको साझ सम्पत्ति हो भन्ने तर्क अगाडि सारिएला । तर यसभित्रको एकल जातीय रवैया, वर्चस्व (हेजेमोनी), भाषिक औपनिवेशको उत्तर कसले दिने ? आजको मितिसम्म संस्कृत पढेजानेका दलित जनजातिलाई बोलाएर कति ब्राह्मणले आफ्नो घरमा धार्मिक कार्य गर्न लगाए ? कति बाहुन क्षत्रीले विवाह व्रतबन्धमा दलित पण्डितबाट सम्पन्न गराए ? दलित समुदायलाई संस्कृत भाषा पढ्न दियौँ भनेर हल्ला पिट्ने तागाधारी समुदायले संस्कृत पढेका दलितको मन्त्र कति सुने, कतिलाई यज्ञ हवन गर्न दिए होलान् ? उत्तर स्पष्ट छ, एकजना पनि संस्कृत पाठ गर्न जान्नेलाई उनीहरुले स्वीकार गरेका छैनन् ।

आजको मितिसम्म संस्कृत पढेजानेका दलित जनजातिलाई बोलाएर कति ब्राह्मणले आफ्नो घरमा धार्मिक कार्य गर्न लगाए ? कति बाहुन क्षत्रीले विवाह व्रतबन्धमा दलित पण्डितबाट सम्पन्न गराए ? दलित समुदायलाई संस्कृत भाषा पढ्न दियौँ भनेर हल्ला पिट्ने तागाधारी समुदायले संस्कृत पढेका दलितको मन्त्र कति सुने, कतिलाई यज्ञ हवन गर्न दिए होलान् ?

मानौँ भविष्यमा कोही दलित विद्यार्थीले संस्कृतमा उच्च शिक्षा हासिल गरे भने, के ब्राह्मण समुदायले वा पुरोहितहरू शिक्षकका रूपमा स्वीकार्लान् ? पक्कै बहिष्कार गर्नेछन्  । किनभने अझै पनि नेपाली समाजमा जात–भात जब्बर छ । यो समाजले संकृत पढ्ने हिन्दु ब्राह्मणबाहेक अरू कसैलाई सोच्न सक्ने अवस्थामा छैन । हिन्दु कर्मकाण्ड दलित वा अन्य जातिले गर्न पाउने सुनिश्चित राज्यले नगर्दासम्म र यी गतिविधि समाजले स्वीकार नगरेसम्म संस्कृत पठनपाठनको विषय हुनै सक्दैन ।

पाविकेलाई यो पनि थाह हुन जरुरी छ, वर्तमान पाठ्यक्रम दलितका लागि विभेदकारी छ । लेखकद्वयमध्ये एकले कक्षा एकदेखि १० सम्म पढाइ हुने सामाजिक शिक्षा विषयको पाठ्यक्रम विश्लेषण गर्दा नेपाली समाजको यथार्थ झल्किने विषयवस्तु नरहेको ठहर थियो (वर्ण–व्यवस्था मलजल गर्ने शिक्षा, भाद्र २९, २०७५, कान्तिपुर) । उनका अनुसार पाविके छुवाछुतबारे पाठ्यक्रममा समावेश गरे पनि यसको जननी स्रोत हिन्दू वर्णव्यस्थाबारे मौन छ । पाठ्यक्रमले अप्रत्यक्ष रूपमा जातीय विभेदलाई प्रोत्साहन गरेको लेखमा दाबी छ । यसरी नेपालको शिक्षा प्रणाली हिन्दू पौराणिक मूल्य मान्यताबाट निर्दिष्ट हुँदै आएको बेला हालसालै पाविकेले कक्षा एकबाटै संस्कृत भाषा लाद्नुले दलित समुदायमाथि थप विभेद हुने निश्चित छ  ।

त्यसो त पाविकेले नेपालको सनातन धर्म संस्कृतिको रक्षाका लागि संविधानको पालना गरेको भन्ला ।  तर के धर्म संस्कृतिको रक्षाको नाममा उचनिच, अन्धविश्वास र कुरीतिले भरिभराउ धार्मिक परम्परालाई ‘अन्य’ माथि लाद्न पाइन्छ र ? साहित्यकार दीपक विश्वकर्मा भन्छन्, संस्कृतमा लेखिएका “वेदका हरफहरू कक्षा कोठामा घन्काएर मानिसलाई अन्धकारमा धकेल्न पाइँदैन । भाषाको रूपमा पढाइयोस्, धर्म र संस्कृतिको नाममा होइन ।” त्यसो त संस्कृत भाषा अहंकारी विखण्डनकारी रीतिरिवाजलाई प्रश्रय गर्ने प्रकृतिको छ । हिन्दु कट्टरपन्थी वा सामन्तले बोल्ने भाषा आम रूपमा लेखपढको वा कामकाजको भाषा हुनै सक्दैन । आजको परिवर्तशील समाजमा यस्ता कुरीतिले भरिभराउ भाषालाई स्थापित गराउनु दलित तथा आदिवासीका लागि घोर अन्याय हुन आउँछ । दीर्घकालमा यसले समाजलाई विखण्डन तथा विद्रोहको बाटोमा डोर्याउँछ ।

संस्कृतः सत्तामाथि वर्चस्व कायम राख्ने रणनीति

कुनै पनि शासन व्यवस्था टिकाउन धर्म संस्कृतिले  महत्त्वपूर्ण भूमिका खेल्छ । नेपालको शासक वर्गले शासन सत्ता जोगाउन सुरुवातदेखि हिन्दू धर्म संस्कृतिलाई उच्च प्राथामिकता दिँदै आएको इतिहस छ । राज्यबाट फाइदा लिएकाले मात्र हिन्दू धर्म संस्कृतिको पक्षमा वकालत गरेको देखिन्छ । पञ्चायत व्यवस्था यसको पछिल्लो ज्वलन्त उदाहारण हो । २०४६ सालको राजनीतिक परिवर्तनले जब निर्दलीय पञ्चायत व्यवस्थाको अन्त्य ग¥यो  तब पञ्चायतले काखी च्यापेको हिन्दू सङ्घसंस्थाहरू त्रसित भए । सदियौँदेखि खाईपाई आएको भाग गुम्ने निश्चित भएपछि विभेदकारी जमातले हिन्दू धर्म, संस्कृति जोगाउने रणनीतिस्वरूप राज्यलाई दबाब दिन थाले । उदाहरणका लागि विश्व हिन्दू महासङ्घ नेपाल तथा संस्कृतमुखी सङ्घसंस्थाहरूले २०४९ साल वरिपरि राष्ट्रिय शिक्षा आयोगलाई संस्कृत भाषा कक्षा चारदेखि स्नातक तहसम्म अनिवार्य गर्नुपर्छ भन्दै दबाब दिएका थिए । तत्कालीन समयमा मानव अधिकारवादी अगुवा पद्मरत्न तुलाधरले एक पत्रिकालाई दिएको अन्तर्वार्तामा संस्कृत भाषाको माध्यमबाट हिन्दुवादीले दलित समुदायमाथि जातभात लाद्न र जनजाति समुदायको भाषा संस्कृतिलाई कमजोर पार्न ल्याइएको रणनीति हो भनेका थिए । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन कालमा मन्त्रिपरिषद्को निर्णयबाट संस्कृत विषयको पठनपाठन हटाइएको थियो । सोही क्याविनेटमा मन्त्री भएका जनजाति नेता गोरेबहादुर खपाङ्गीको पहलले निमाविसम्म अनिवार्य रूपमा पठनपाठन भइरहेको संस्कृत विषय हटाइएको थियो ।

दोस्रो जनआन्दोलनपछि जनजाति, महिला, दलित, मुस्लिम लगायतका समुदायहरूलाई ब्राह्मण क्षत्रीको राज्यसत्ताबाट आफूहरूलाई कसरी पाखा लगाउँदै आइएको छ भन्नेबारे चेत पलाएको छ । यस चेतसँगै विशेषतः राज्यसत्ताबाट लाभ लिँदै आएको खसआर्य समुदाय डराएको छ ।

दोस्रो जनआन्दोलनपछि जनजाति, महिला, दलित, मुस्लिम लगायतका समुदायहरूलाई ब्राह्मण क्षत्रीको राज्यसत्ताबाट आफूहरूलाई कसरी पाखा लगाउँदै आइएको छ भन्नेबारे चेत पलाएको छ । यस चेतसँगै विशेषतः राज्यसत्ताबाट लाभ लिँदै आएको खसआर्य समुदाय डराएको छ । उसलाई हिन्दू धर्म संस्कृतिको रक्षा नगरे आफूले पाएको जातीय लाभ गुम्ने डर थियो । यसैकाराण उसले पहिलो संविधान सभा विफल पार्याे । हाल हिन्दु धर्म संस्कृति जोगाउन आधार स्थापना गर्न सुनौलो राजनीतिक अवसर मिलेको छ ।

राज्यमा संस्कृत भाषा विकास गर्न सकिएमा हिन्दु मूल्य मान्यता, रीतिरिवाज, प्रवृत्तिको रक्षा हुन्छ । हिन्दु धर्मभित्रको अन्धविश्वास कायम रहन्छ । हिन्दु धर्मका कारणले शोषणमा परेका आदिवासी जनजाति, दलित मुस्लिम लागायतका समुदायमा विभेद, दमन कायम गरिराख्न शासकहरूलाई यस्तै भाषा संस्कृतिले टेवा पुर्याउँछ । जातभात कायम गर्ने र एकल जातीय शासन कायम गर्ने राज्यसत्ताको रणनीति संस्कृत भाषासँग जोडिएको छ । भलै अहिले संस्कृतलाई ऐच्छिक विषय भनिएको छ । तर उद्देश्य अनिवार्य विषय बनाउने देखिन्छ । ठ्याक्कै पृथ्वीनारायण शाहले भने जस्तो नेपाललाई ‘असिल् हिन्दुस्थाना’ बनाउने खस आर्यको रणनीति कायमै छ । समग्रमा भन्नु पर्दा, संस्कृत भाषा राज्यमा स्थापना गरेर राजनीतिक लाभ लिने,  सत्ता वरिपरि रमाउने र बहिष्कृत–सीमान्तकृत समुदायहरूलाई चुस्ने खस आर्य शासकको  दीर्घकालीन योजना छ । यो सीमान्तकृत र बहिष्कृत समुदायले प्रष्ट बुझ्नुपर्ने देखिन्छ ।

अन्त्यमा मृतप्रायः संस्कृत भाषा कसैको मातृभाषा नभएको र यसको प्रयोग नगण्य मात्रामा भएकाले यस भाषामाथि लगानी गर्नु फगत हुन्छ र परिणामविहीन हुन्छ । हिन्दु अतिवादि र पुरातनवादी रुढिवादी सोच चाहना भएका व्यक्तिहरूबाहेक अन्य जनमानसमा संस्कृत भाषाको उपयोगिता र औचित्य अहिलेको आधुनिक समाजले एकरत्ति देखेको छैन । यतिबेला नेपाली राज्य पुनः एकपटक एकल जातीय, उच्च जातीय अहंकारवादी हिन्दुवादी प्रवृत्तिलाई सहयोग पुग्ने गरी संस्कृत भाषा स्थापित गर्न खोज्दै छ । वास्तवमा, हिन्दुवादी–बाहुनवादी नीतिलाई सरल र प्रभावकारी रूपमा विकास गर्ने र हिन्दु शासन सत्ता टिकाइ राख्न हिन्दु ब्राह्मण शासककै रणनीतिस्वरूप संस्कृत भाषालाई रणनीतिक हतियारको रूपमा प्रयोग गरिएको प्रष्टै बुझिन्छ ।

bbk.prakash@gmail.com and mimbahadur1@gmail.com

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.