केन्द्रीय संस्करण
कोरोनाभाइरस

अस्पतालमा आइसीयू र भेन्टिलेटरसँगै अक्सिजनको अभाव

शरीरमा अक्सिजनको मात्रा कम भएको कसरी थाहा पाउने ?

person explore access_timeअसोज २९, २०७७ chat_bubble_outline0

कोरोना संक्रमितको संख्या बढेसँगै अस्पतालहरूमा बिरामीको चाप बढ्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको लक्षणसहितका बिरामी बढ्दै गए आगामी दिनमा अस्पतालहरूले धान्न नसक्ने बताउँदै आएको छ ।

कोभिड–१९ का लक्षणसहितका बिरामीको संख्या बढ्दै गर्दा अस्पतालको शैय्या भरिन थालेको छ भने आइसीयू र भेन्टिलेटरको समेत अभाव हुन थालेको छ । संक्रमितमा ज्वरो, रुघा–खोकी, श्वासप्रश्वासमा समस्या, जिउ दुख्ने, स्वाद अथवा गन्ध थाहा नपाउने आदि लक्षण देखिएर धेरै गाह्रो भएमा मात्रै अस्पताल आउन मन्त्रालयले आग्रह गरिरहँदा बिरामीले सहज रुपमा बेड पाउन सकेका छैनन् ।

कोभिड–१९ का लक्षणसहितका बिरामीको संख्या बढ्दै गर्दा अस्पतालको शैय्या भरिन थालेको छ भने आइसीयू र भेन्टिलेटरको समेत अभाव हुन थालेको छ । संक्रमितमा ज्वरो, रुघा–खोकी, श्वासप्रश्वासमा समस्या, जिउ दुख्ने, स्वाद अथवा गन्ध थाहा नपाउने आदि लक्षण देखिएर धेरै गाह्रो भएमा मात्रै अस्पताल आउन मन्त्रालयले आग्रह गरिरहँदा बिरामीले सहज रुपमा बेड पाउन सकेका छैनन् ।

काठमाडौं उपत्यकाका अस्पतालहरूमा कोभिड–१९ का गम्भीर बिरामीको उपचारका लागि जम्मा २ सय ३९ आइसीयू बेड छ भने भेन्टिलेटर १०७ वटा रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

हाल काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा कोभिड–१९ का बिरामीमध्ये १ सय २७ जना आइसीयूमा र ४९ जना भेन्टिलेटरमा उपचाररत छन् । यस्तै, प्रदेश १ मा आइसीयूमा ३९ र भेन्टिलेटरमा ८ जना छन् भने प्रदेश २ मा आइसीयूमा १९ र भेन्टिलेटरमा एक जना बिरामी उपचाररत छन् । बाग्मती प्रदेशमा आइसीयूमा १ सय ६६ जना रहेको मन्त्रालयले जनाएको छ । गण्डकी प्रदेशमा कोभिड–१९ का ६ जना बिरामी आइसीयूमा उपचाररत छन् भने लुम्बिनी प्रदेशमा ५३ जना आइसीयूमा र दुई जना भेन्टिलेटरमा छन् ।

यस्तै, कर्णाली प्रदेशमा कोभिड–१९ का १८ जना बिरामी आइसीयूमा छन् भने सुदुरपश्चिम प्रदेशमा ४ जना आइसियूमा र ३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसरी कोभिड–१९का बिरामीमध्ये देशभर ३०५ जनाको आइसीयूमा र ७० जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

संक्रमित भएर गम्भीर बिरामी हुनेको संख्या प्रत्येक दिन बढ्दै गर्दा आइसीयू र भेन्टिलेटरको अभाव हुन थालेको छ । कडा लक्षणसहितका संक्रमित बढेसँगै अक्सिजनको पनि अभाव हुन थालेको अस्पतालहरुको भनाइ छ ।

ललितपुरस्थित पाटन अस्पतालमा कडा लक्षण देखिएर भर्ना भएका बिरामीमध्ये करिब ५० प्रतिशतलाई अक्सिजन दिने गरेको अस्पतालका निर्देशक डा. रविन्द्र शाक्य सुनाउँछन् । दिन प्रतिदिन यही दरमा कडा लक्षणसहितका बिरामी बढ्दै गएमा अक्सिजनको अभाव हुने अस्पतालहरूको गुनासो छ ।

उपत्यकाका विभिन्न अस्तालमा भर्ना भएका कडा लक्षणसहितका बिरामीमध्ये करिब ६५ देखि ७० प्रतिशत बिरामीलाई अक्सिजनको आवश्यकता पर्छ । कडा लक्षण देखिएर अस्पताल भर्ना भएकामध्ये ७० प्रतिशत बिरामीलाई अक्सिजन दिने गरेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कोभिड–१९ संयोजक डा. सन्त दास बताउँछन् ।

यता, ललितपुरस्थित पाटन अस्पतालमा कडा लक्षण देखिएर भर्ना भएका बिरामीमध्ये करिब ५० प्रतिशतलाई अक्सिजन दिने गरेको अस्पतालका निर्देशक डा. रविन्द्र शाक्य सुनाउँछन् । दिन प्रतिदिन यही दरमा कडा लक्षणसहितका बिरामी बढ्दै गएमा अक्सिजनको अभाव हुने अस्पतालहरूको गुनासो छ ।

कडा लक्षणसहितका बिरामीको दर बढ्दै गर्दा अक्सिजन दिनुपर्ने बिरामीको संख्या पनि स्वाभाविक रुपमा बढ्ने भएकाले अक्सिजन थेरापीको व्यवस्था मिलाउन सकेमा आगामी दिनमा अस्पतालहरूमा बेडको अभाव कम हुने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

स्वास्थ्य मन्त्रालयले भने हालसम्म भेन्टिलेटर, आइसीयू र अक्सिजनको अभाव नभएको जनाएको छ ।

होम आइसोलेशनमा बस्ने संक्रमितलाई सामान्य लक्षण देखिएर आफै निको हुन्छ भने केहीलाई शरीरमा अक्सिजनको मात्रा घट्दा मृत्युसमेत हुन सक्ने विज्ञहरुको भनाइ छ । हाल २१ हजार ५ सय ४८ जना होम आइसोलेशनमा छन् ।

संक्रमितलाई अक्सिजनको आवश्यकता परेको कसरी थाहा पाउने ?

होम आइसोलेशनमा बस्ने संक्रमितलाई सामान्य लक्षण देखिए पनि आफै निको हुन्छ । तर ज्वरो, रुघा–खोकी, शरीर दुख्ने, स्वाद थाहा नपाउने क्रममा अक्सिजनको कमी हुँदा साइलेन्ट हाइपोक्सिया हुनसक्ने निर्देशक डा. शाक्य बताउँछन् । उनका अनुसार शरीरमा अक्सिजनको मात्रा कम भएमा श्वासप्रश्वासमा समस्या हुन्छ । यस्तै, छटपटी हुने, ओठ, हात, खुट्टाका औँला, नाकको टुप्पो, जिब्रो निलो हुन्छ । विस्तारै चेतना कम हुँदै जान्छ । बिरामीमा टाउको दुख्ने रिँगटा लाग्ने हुन्छ भने शरीरमा अक्सिजनको मात्रा कम भएमा मिर्गौला, मुटु, बे्रन आदिलाई समेत असर गर्न सक्ने उनी बताउँछन् ।

स्वस्थ मानिसको शरीरमा अक्सिजनको मात्रा ९४ प्रतिशतभन्दा माथि हुनुपर्ने छाती रोग विशेषज्ञ डा. दास बताउँछन् । आइसोलेनशनमा बसेका व्यक्तिको अक्सिजन ९२ भन्दा कम छ र श्वासप्रश्वासमा समस्या छैन भने घरमै अक्सिजन लगाएर राख्न सकिने उनी बताउँछन् ।

स्वस्थ मानिसको शरीरमा अक्सिजनको मात्रा ९४ प्रतिशतभन्दा माथि हुनुपर्ने छाती रोग विशेषज्ञ डा. दास बताउँछन् । आइसोलेनशनमा बसेका व्यक्तिको अक्सिजन ९२ भन्दा कम छ र श्वासप्रश्वासमा समस्या छैन भने घरमै अक्सिजन लगाएर राख्न सकिने उनी बताउँछन् ।

फोक्सोमा समस्या भएका दम, खोकीका बिरामीमा अक्सिजनको मात्रा ८८ प्रतिशतलाई नर्मल मानिन्छ । घरमा बिरामीलाई प्रतिमिनेटमा ५ लिटरसम्म अक्सिजन दिन सकिने डा. दास बताउँछन् । यसले पनि काम नगरेमा बिरामीलाई अस्पताल पुर्‍याएर अन्य प्रविधिबाट अक्सिजन दिनुपर्ने उनको भनाइ छ । कोभिड–१९ भएर होम आइसोलेशनमा बस्दा शरीरमा अक्सिजनको मात्रा ख्याल गर्न जरुरी हुन्छ ।

अक्सिजन थेरापी सेन्टर के हो ? 

संक्रमितलाई कडा खालको लक्षण देखिन सुरु भएसँगै दीर्घरोगी, वृद्धवृद्धा लगायत अन्य रोगीलाई श्वासप्रश्वासमा समस्या आउँदा सास फेर्न गाह्रो हुनसक्ने भएकाले अक्सिजन आवश्यक पर्ने डा. पुन बताउँछन् । यस्तो अवस्थामा आगामी दिनमा अस्थायी रुपमा खाली भएका ठाउँमा अक्सिजन थेरापी सेन्टर खोलेर कोभिड–१९ का बिरामीलाई अक्सिजन उपलब्ध गराउन सकेमा धेरै बिरामी भेन्टिलेटर र आइसीयूमा जान नपर्ने अवस्था आउने डा.पुनको भनाइ छ ।

लक्षण देखिएका मनोबल कमजोर भएका बिरामी धेरै आत्तिने हुँदा बिरामीलाई अक्सिजन दिनुपर्ने अवस्था सिर्जना भएको छ । कोभिड–१९ भएर अस्पताल भर्ना भएका बिरामीमध्ये धेरैलाई अक्सिजन दिनुपर्ने हुँदा अस्पतालमा चाप बढ्ने उनी बताउँछन् ।

एकै पटक धेरैजना बिरामी हुँदा अस्पतालमा सहज रुपमा बेड पाउने अवस्था रहँदैन । त्यसैले ठाउँठाउँमा राज्यले ४÷५ सय जनासम्मलाई अक्सिजन दिन मिल्ने अक्सिजन थेरापी सेन्टर बनाएमा कोभिड –१९ कै कारण अस्पताल भर्ना हुनुपर्ने बिरामीले सहज रुपमा बेड र उपचार पाउन सक्ने डा. पुन ठान्छन् ।

एकै पटक धेरैजना बिरामी हुँदा अस्पतालमा सहज रुपमा बेड पाउने अवस्था रहँदैन । त्यसैले ठाउँठाउँमा राज्यले ४÷५ सय जनासम्मलाई अक्सिजन दिन मिल्ने अक्सिजन थेरापी सेन्टर बनाएमा कोभिड –१९ कै कारण अस्पताल भर्ना हुनुपर्ने बिरामीले सहज रुपमा बेड र उपचार पाउन सक्ने डा. पुन ठान्छन् ।

बिरामीलाई अक्सिजन दिनका लागि बिशेष विशेषज्ञको आवश्यकता नपर्ने डा. दास पनि बताउँछन् । अक्सिजन थेरापीले काम नगरेको खण्डमा मात्र बिरामीलाई आइसीयू तथा भेन्टिलेटरमा लैजान सकेमा सबैले व्यवस्थित ढंगले उपचार पाउने उनको भनाइ छ ।

विश्वका केही अल्पविकसित राष्ट्रले आइसीयू तथा भेन्टिलेटरले थेग्न नसकेको अवस्थामा अक्सिजन थेरापीलाई प्राथमिकता दिएको डा. पुन बताउँछन् । संक्रमितमध्ये करिब ५ प्रतिशतलाई अक्सिजनको आवश्यकता पर्न सक्छ । त्यसैले ठाउँठाउँमा अक्सिजन थेरापी सेन्टर बनाउने सोच राखेर आवश्यक तयारीमा ध्यान दिन जरुरी रहेको उनको भनाइ छ ।

‘कडा लक्षण देखिएका बिरामीलाई अक्सिजन दिएर पनि स्वास्थ्यमा सहज भएन भने थप उपचारका लागि आइसीयू र भेन्टिलेटरमा लैजान सकिन्छ,’ उनले भने, ‘ठाउँठाउँमा महानगर, नगरपालिकाले बनाउँदै गरेका आइसोलेशन सेन्टरमा अक्सिजन थेरापीको व्यवस्था गरेर यस्तो समस्यालाई व्यवस्थापन गर्न सकिन्छ ।’

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.