केन्द्रीय संस्करण

फिलिपिन्समा भूकम्प, धेरै पराकम्पनको सम्भावना

person explore access_timeकात्तिक १, २०७७ chat_bubble_outline0

 फिलिपिन्समा शनिबार बिहानै भूकम्प गएको छ । देशको अक्सीडेन्टल मिन्डोरो प्रान्तमा ५.४ म्याग्नच्युडको भूकम्प गएको हो । फिलिपिन्सको भूगर्भसम्वन्धी कार्यालयले स्थानीय समयानुसार बिहान ४.५ मा भूकम्प गएको जनाएको छ । लुक टाउनदेखि २१ किलोमिटर दक्षिणपूर्वी क्षेत्रमा केन्द्र विन्दु भएर भूकम्प गएको अधिकारीहरुले जनाएका छन् । 

भूकम्पको धक्का धेरै मानव बस्तीहरुमा महसूस गरिएको स्थानीय वासिन्दाले जानकारी दिएका छन् । भूकम्पपछि त्यस क्षेत्रका वासिन्दा त्रासित भएर घर बाहिर निस्कीएका थिए । 
भूकम्पपछि कुनै मानवीय तथा भौतिक क्षतिको विवरणहरु भने प्राप्त भइनसकेको सरकारी अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार धेरै पराकम्पनको संभावना रहेपनि आँधीको चेतावनी भने दिइएको छैन । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.