केन्द्रीय संस्करण

कोरोनाबाट फिल्म छायाकार मास्केको निधन

person explore access_timeकात्तिक १, २०७७ chat_bubble_outline0

काठमाडौं । नेपाली फिल्मका छायाकार बैकुण्ठ मास्केको निधन भएको छ । ८३ वर्षीय मास्केको कोरोनाको कारण शुक्रबार निधन भएको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कार लामाले जानकारी दिए ।
कोरोना संक्रमणका कारण निधन भएका मास्के नेपाली फिल्मको पहिलो नेपाली छायाकार हुन् । २०२१ सालमा पुनास्थित भारतीय फिल्म प्राविधिक शिक्षालयबाट औपचारिक अध्ययन गरेका फर्किएका मास्केले ‘परिवर्तन’, ‘मनको बाँध’, ‘हिजो आज भोलि’ लगायत दर्जनौँ फिल्मको छायाकनको जिम्मेवारी सम्हालेका छन् । 

विगत ७ वर्षदेखि मृगौलाको बिरामी मास्केमा आइतबार बनस्थलीस्थित मृगौला उपचार केन्द्रमा उपचार हुँदै गर्दा कोरोना संक्रमण पुस्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि निदान अस्पतालमा उपचारका लागि रिफर गरिएको थियो । उनको शुक्रवार नै पशुपतिको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिको छ ।
मास्के फिल्म सम्पादक पनि हुन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.