केन्द्रीय संस्करण

बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितमध्ये ७८.०५ प्रतिशत सङ्क्रमणमुक्त

person explore access_timeकात्तिक १, २०७७ chat_bubble_outline0
file photo

एजेन्सी । बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितमध्ये ७८.०५ व्यक्ति सङ्क्रमणमुक्त भएको यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।  मुश्लिम बहुल यो मुलुकमा सङ्क्रमित १.४६ प्रतिशत व्यक्तिको मृत्यु भएको छ ।

महानिर्देशनालयका अनुसार विगत २४ घण्टामा एक हजार २०९ थप व्यक्ति कोभिड–१९ सङ्क्रमित भएका छन् भने २३ जना सङ्क्रमितको मृत्यु भएको छ । शनिबारसम्म कूल तीन लाख ८७ हजार २९५ सङ्क्रमित भएका छन् भने पाँच हजार ६४६ सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । 

सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशमा विगत २४ घण्टामा ११ हजार ५७३ व्यक्तिको कोभिड–१९ परीक्षण भएको छ । बङ्गलादेशमा जुलाई २ मा सबैभन्दा बढी चार हजार १९ व्यक्ति सङ्क्रमित भएका थिए भने जुन ३० मा सबैभन्दा बढी ६४ व्यक्तिको मृत्यु भएको थियो । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.