केन्द्रीय संस्करण

अजरबैजानले नयाँ युद्धविरामको सम्झौता पनि तोडेको अर्मानियाको आरोप

person explore access_timeकात्तिक २, २०७७ chat_bubble_outline0

अजरबैजानले विवादित क्षेत्र नार्गोनो–काराबाखमा चल्दै भएको युद्धमाथि विराम लगाउने सम्झौता पुनः तोडेको अर्मानियाले आरोप लगाएको छ ।

शनिबार मध्य रातदेखि लागू हुने गरी युद्धविरामको सम्झौता गरिएको थियो ।

अर्मानियाको रक्षा मन्त्रालयकी प्रवक्ताले युद्धविरामको सम्झौता भएको चार मिनेटपछि अजरबैजानले तोप र रकेट प्रहार गरिएको आरोप लगाएकी छिन् ।

अजरबैजानले यो आरोपबारे प्रतिक्रिया दिनै बाँकी छ ।

यसअघि, गत हप्ता पनि युद्धविरामका लागि सम्झौता गरिएको थियो तथापि, उक्त सम्झौता एक रात पनि टिक्न सकेको थिएन । -बीबीसी


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.