केन्द्रीय संस्करण

लिवियाली द्वन्द्वरत समूहबीच ’स्थायी’ युद्धविरामका लागि हस्ताक्षर

person explore access_timeकात्तिक ७, २०७७ chat_bubble_outline0

लिवियाका दुई प्रतिद्वन्द्वी समूहहरूले संयुक्त राष्ट्रसंघको मध्यस्थतामा पाँच दिनको वार्तापछि शुक्रवार स्थायी युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् ।

उनीहरूले यो कदमलाई ऐतिहासिक  क्षणको रूपमा उल्लेख गरेका छन् ।

“लिबियाली जनताका लागि आजको दिन शुभ हो,“ समस्याग्रस्त उत्तरी अफ्रिकी देशका लागि संयुक्त राष्ट्रसंघका दूत स्टेफनी विलियम्सले भनिन् ।

त्रिपोलीमा संयुक्त राष्ट्रसंघद्वारा मान्यता प्राप्त सरकारले पूर्वमा रहेको प्रतिद्वन्द्वी प्रशासनसँग संघर्ष गरिरहेको छ र शक्तिशाली सैनिक जनरल खलीफा हफ्तरको नियन्त्रण रहेको छ ।

“शुक्रबार बिहान ११ः१५ मा जेनेभास्थित संयुक्त राष्ट्र संघीय मुख्यालयमा दुई लिबियाली प्रतिनिधिमण्डलले तत्काल लागु हुनेगरी देशव्यापी तथा स्थायी युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन्,” उनले भनिन् ।

विलियम्सले भनिन्, “ सबै सैन्य इकाइ र सशस्त्र समूहहरु आफ्नो शिविरहरुमा फर्किनका लागि स्थायीरूपमा द्वन्द्व अन्त्यका लागि सहमत भएका छन् ।

“आजदेखि अधिकतम तीन महिनाको अवधिमा लिबियाली स्थल, आकास र जल क्षेत्रबाट सबै विदेशी लडाकूहरू फिर्ता हुनेछन् ।”

नाटो समर्थित विद्रोहमा तत्कालिन शासक मोहमर गद्दाफीको पतन र हत्यापछि लिबिया लगभग एक दशकदेखि द्वन्द्वको घेरामा परेको छ । त्यसबेलादेखि लिविया दुई कडा विरोधी प्रशासनबीच विभाजित छ ।

तर अगस्टमा दुई सशस्त्र समूहले छुट्टै शत्रुता बन्द गर्ने घोषणा गरेपछि समाधानको आशा बढेको थियो । यद्यपि दुबै पक्षले एक अर्कालाई “आतंकवादी“ समूहलाई समर्थन गरेको आरोप लगाउन भने छाडेका छैनन् ।

यूरोपियन युनियन र लिबियाको पूर्व औपनिवेशिक शक्ति इटालीले यो सम्झौताको प्रशंसा गरेको छ ।

“स्थायी युद्धविरामको सहमति राजनीतिक वार्तालाप पुनः सुरु गर्नका लागि महत्वपूर्ण छ,“ ईयूको विदेश नीति प्रवक्ता पीटर सानोले भने, “यो सम्झौतालाई कार्यान्वयन भएको देख्नु पनि महत्वपूर्ण हुनेछ ।”

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.